Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सम्हालिन छाडे निर्मलाका बुबा यज्ञराज

काठमाडाैं । छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् । शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका छन् । सरकार र प्रहरी प्रशासन मात्रै होइन, आफूसँगै धर्नामा बसेका अधिकारकर्मी र पत्रकारलाई पनि उनले गाली गर्छन् । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको नामै लिएर गाली गरेका छन् । उनको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै अधिकारकर्मीहरूले चिन्ता जनाएका छन् । ‘मलाई पनि गाली गर्नुभयो । उहाँको स्वास्थ्य निकै बिग्रिएको छ,’ नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीले भनिन् । अधिकारकर्मीहरूले धर्ना स्थगन गरेर आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने राय राखेका छन् । यज्ञराजको उपचारका लागि आफन्तलाई प्रशासनले पटक–पटक आग्रह गर्दै आएको छ । ‘हामीले यज्ञराजको उपचारका लागि आग्रह गर्दै आएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, ‘आफन्तले छलफल गरेपछि प्रशासनलाई खबर गर्छौँ भनेका छन् ।’ धर्नास्थल छाडेर दौडिए यज्ञराज शुक्रबार बर्बराउँदै धर्नास्थल छाडेर हिँडेका यज्ञराजलाई प्रहरीको सहयोगमा महेन्द्रनगर बजारबाट फिर्ता ल्याउँदै अधिकारकर्मी । शुक्रबार यज्ञराज एक्कासि धर्नास्थल छाडेर दौडिएर महेन्द्रनगर बजारसम्म पुगे । चिच्याउँदै र जथाभावी बोल्दै दौडिएका उनको पछिपछि अधिकारकर्मीहरू पनि लागे । बजारबाट अधिकारकर्मीहरू निर्मला भट्ट जोशी, लक्ष्मी मल्ल र शान्ता पोखरेलले प्रहरीको सहयोगमा उनलाई धर्नास्थलमा फर्काए । शान्त स्थानमा राख्न चिकित्सकको सुझाब अधिकारकर्मी निर्मला भट्टका अनुसार यज्ञराज एकोहोरो बर्बराउने पनि गर्छन् । तर, चिकित्सकले औषधि दिएपछि समस्या केही कम भएको छ । उनले यज्ञराजको स्वास्थ्य जटिल मोडमा पुगे पनि सरकारले बेवास्ता गरेको बताइन् । महाकाली अञ्चल अस्पतालका चिकित्सकले उनलाई शान्त स्थानमा राख्न पटक–पटक सुझाब दिँदै आएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending