Ntc summer Offer
Khabar Dabali २७ कार्तिक २०८१ मंगलवार | 12th November, 2024 Tue
Investment bank

कराचीमा रहेको चिनियाँ वाणिज्य दुतावासमा आक्रमण, पाँच जनाको मृत्यु

शुक्रबार पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मी र हमलावरबीच भएको गोलिवारीमा दुई प्रहरीको ज्यान गएको छ । सिन्ध प्रहरी तथा आर्मीको मिडिया शाखाले उक्त कारबाहीमा तीन आतंकवादीको ज्यान गएको बताएको छ । पाकिस्तानको चर्चित समाचारपत्र डनका अनुसार विहान ९ः३० मा गोलिबारी शुरु भएको थियो । सो समाचारपत्रले उक्त क्षेत्रमा एक ठूलो विष्फोटको आवाज पनि सुनिएको बताएको छ । डनका अनुसार एक नाम नखुलेको व्यक्ति गम्भिर अवस्थामा अस्पताल लगिएको छ । पाकिस्तान प्रहरीका एआईजी डा. अमिर अहमद शेखले डनसँगको कुराकानीमा गोलिबारी रोकिएको र आक्रमण भएको क्षेत्र प्रहरी र रेन्जरको नियन्त्रणमा आइसकेको बताए । “आक्रमणको समयमा प्रहरी, रेन्जर ड्युटीमा थिए । सुरक्षाकर्मीहरुको बहादुरीको कारण आक्रमणकारीहरु चिनियाँ दुतावासमा प्रवेश गर्न सकेनन् । अहिले उक्त क्षेत्र पूर्ण रुपमा प्रहरीको नियन्त्रणमा छ र बम डिस्पोजल टिमले वरपर क्षेत्रको चेकजाँच गरिरहेको छ ।” शेखले बताए । शेखले घटनाबारे पूर्ण चित्र साझँपख पत्रकार सम्मेलन गरेर दिने पनि बताए । घटनाको केही पछिनै पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले घटनाको भत्सना गरेका छन् । “यो अत्यन्त दुखद घटना हो । घटनामा संलग्न आतंकवादी मारिएका छन् । हामी चिनियाँ महावाणिज्य दुतावाससँग नियमित सम्पर्कमा रहिरहेको छौं,” घटनाबारे बोल्दै कुरेशीले भने ,“यो देशको विकास रोक्ने दुरासय राख्ने शक्तिहरुलाई पाकिस्तान र चीन मिलेर परास्त गर्नेछौं ।” सिन्ध राज्यका मुख्यमन्त्री मुराद अलि शाहले घटनाप्रति चासो देखाएका छन् । उनले चिनियाँ महावाणिज्यदुतलाई सम्पर्क गरेर अवस्था पूर्ण नियन्त्रणमा लिने विश्वस्त पारेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy