Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

जग्गाधनीे पैँतीस वर्षदेखि लालपूर्जाविहीन

सुर्खेत। भेरीगङ्गा नगरपालिका–८ सुर्खेत मैनतडावासीले ३५ वर्षदेखि भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाएका छैनन् । जग्गा भएर पनि लालपूर्जा नपाउने नगरपालिकाको वडा नं ८ का बासिन्दा मात्र होइनन ६, ७, र ९ वडाका बासिन्दाको पनि समस्या उस्तै छ । मैनतडावासीले लालपूर्जाका लागि बेलाबेलामा गरेको प्रयास पनि सफल हुनसकेन ।यस क्षेत्रको प्रतिनिधित्व गर्ने नेता तथा सरकारी तबरबाट पनि आफूहरुलाई सहयोग नभएको उनीहरूको गुनासो थियो । विसं २०३९ मा सुर्खेत जिल्ला मालपोत कार्यालयबाट नापनक्सा भए पनि १२३ जनाभन्दा बढीलाई लालपूर्जा नदिइएको जयबहादुर सुनारले बताए । विसं २०५३÷५४ मा सो समस्या समधान गर्ने भनी आएको सरकारी समितिले यस गाउँका ९३ जनालाई लालपूर्जा दियो तर आफूहरुमाथि विभेद गरेको उनको भनाइ थियो । “लालपूर्जा हातमा छैन, किनबेच गर्न पनि ठूलो समस्या भएको छ”, सुनारले भने, “घरायसी कागज बनाएर लेनदेन गरिरहेका छौँ भेरी बबइ बहुउद्देश्यीय आयोजनाका कारण ८ वडाको १४२ रोपनी जग्गा डुबानमा पर्दैछ । आयोजनाले मुआब्जाका लागि लालपूर्जा मागेको छ । पूर्जाविहीन यहाँका समुदायलाई अब भने झनै समस्या आइलागेको छ ” सोहीस्थान निवासी सीता शर्माले जग्गा भएर पनि अहिलेसम्म सुकुम्वासीजस्तो जीवन जिउनुपरेको बताए । अब पनि चुप लागेर बसे आफ्ना लागि दुर्भाग्य हुने ठानेर अधिकार सम्पन्न जग्गा दर्ता समिति गठन गरी सो समितिबाट यहाँका समुदायलाई हालको भोगचलनका आधारमा जग्गाधनी प्रमणपत्र उपलब्ध गराउनुपर्ने मागपत्र बुधबार प्रदेश सरकारलाई बुझाएको उहाँको भनाइ थियो । दुई बुँदे मागपत्र बुझ्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कानून बनाएर यो समस्या समाधान गर्ने बताए । “कानून निर्माण भएसँगै हामी आयोग गठन गर्छौँ”, मन्त्री केसीले भने, “आयोगले पीडित समुदायको समस्या पहिचान, समधान तथा व्यवस्थापनमा सघाउ पु¥याउने छ ।” अहिले त्यहाँ जग्गाको नापनक्सा भई फिल्ड किताबसमेत तयार भएपनि र लालपूर्जा नपाएका एक हजार ५०० घरधुरीले अझै लालपूर्जा पाउनेमा आशंका छ । दुई हजार ६६० घरधुरी रहेको मैनतडामा हाल दलित, क्षेत्री, ब्राम्हण जातिका समुदाय बसोवास गर्दै आएका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending