Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

नाम्खामा चिनियाँ निर्माण सामग्री

हुम्ला । हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले तीन लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ । चीनको स्वसाशित क्षेत्र तिब्बतको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई सो सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । आफ्ना भू–भागसँग सिमाना जोडिएका नेपाली जिल्लाका लागि हरेक वर्ष विभिन्न किसिमका सहयोग दिँदै आइरहेको चीन सरकारले यस वर्ष पनि वस्तुगत सहायताअन्तर्गत गाउँपालिकामा स्वास्थ्य भवन निर्माणका लागि जस्तापाता, फलाम रड, सरीया, सिमेन्ट ग्याबिन तारलगायतका सामग्री उपलब्ध गराएको हो । नाम्खा गाउँपालिका, सिमकोट खार्पुनाथ गाउँपालिकासमेत तिब्बतसँग जोडिएका गाउँपालिका भएकाले हरेक वर्ष स्वाथ्य, शिक्षा, भौतिकलगायत सहयोग गर्दै आएको छ । तिब्बतको ताक्लाकोटमा चिनियाँ प्रतिनिधिमण्डल, हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाबीच कात्तिक १२ गते सम्झौता भएको थियो । नाम्खा गाउँपालिकाको अध्यक्ष लामाको रोहवरमा चीन सरकारले जस्तापाता, सिमेन्ट, सरिया ग्याबिन उपलब्ध गराएको हो । चीनको ताक्लाकोटबाट १२०० जस्तापाता, ३१५ बोरा सिमेन्ट, पाँच हजार ४५ केजी सरिया, ग्याबिन गरी रु ४५ देखि ५० लाख मूल्य बराबरको सामान चीन सरकारले उपलब्ध गराएको नाम्खा गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । चीन सरकारले विगतका वर्षमा पनि चीनसँग सिमाना जोडिएका जिल्लाका लागि वस्तुगत सहायताअन्तर्गत सहयोग दिँदै आइरहेको छ । चीन सरकारबाट उपलब्ध हुने वस्तुगत सहायताअन्तर्गतका सामानहरु स्वाथ्यचौकी भवन मर्मत गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: