Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

जन्म र मृत्यु संस्कारको चामल वितरण कार्य प्रभावकारी बन्दै

सुर्खेत। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्दा निकै आलोचना भयो । प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्कवितर्क, वादविवाद, चर्चापरिचर्चा, विचारविमर्श र टिकाटिप्पणीले व्यापक स्थान लियो । आफूलाई बुझ्ने ठान्नेमध्येका थोरैले सरकारको सकरात्मक सम्बोधन भएको प्रतिक्रिया दिए तर धेरैले कर्णालीवासीलाई जन्म र मृत्युको २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण अभिव्यक्ति प्रकट गरे । यद्यपि पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्य भने प्रभावकारी बन्दै गएको छ । सरकारले दिएको यो सेवाबाट गत आर्थिक वर्ष २०७४र७५ मा जुम्लाका ३१३ घरधुरीले लाभ लिएका छन् । सेवा लिनेमा २७२ जन्म र ४१ मृत्यु हुनेका घरधुरी रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख घनश्याम अर्यालले जानकारी दिए । “प्रतिसेवाग्रही २० किलोका दरले ६२ क्विन्टल ६० किलो चामल वितरण गरिएको छ”, प्रमुख अर्यालले भने, “वितरित चामलको हिसाब गर्दा नगद रु दुई लाख ५९ हजार ५६ हुन आउँछ ।” जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक अन्य सात स्थानीय तहका नागरिकलाई २० किलो चामलका साथै ज्याला पनि प्रदान गरिएको उनले बताए । जन्म र मृत्यु दुवैमा २० किलो चामल लिन आउने पातारासी, गुठीचौर र तातोपानी गाउँपालिकाका सेवाग्रहीलाई रु ५०० तथा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका सेवाग्रहीलाई रु एक हजार ज्याला प्रदान गर्दै आएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । २० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको हिमा गाउँपालिका–१ बड्की जुम्लाका स्थानीय शिक्षक खम्बा शाहीले बताए । “यसले निश्चित सम्पन्न वर्गलाई मतलव नहोला तर विपन्न र गरीबको पीडालाई सम्बोधन गरेको छ”, शिक्षक शाहीले भने, “बरु यसको परिमाण बढाएर कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ ।” यो सेवा लिनेका लागि नेपाल खाद्य संस्थान जुम्लाले छ महीनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पताल जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies