Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

दमौली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो । मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुँको कालिका शहीद तथा शान्ति पार्क र सिद्धगुफा भिमाद, कास्कीको मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र, मनाङको नार्फू ट्रेयल, मुस्ताङको लोमान्थाङ दरबार गुफा क्षेत्र, पर्वतको दुर्लुङ्ग क्यानोनिङ्ग(छाँगावरोहण), केभिङ्ग र होमस्टे तथा महाशिला नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट भएका हुन् । त्यसैगरी स्याङ्जाको सतौ–चण्डिकालिका क्षेत्र, आलमदेवी, बागलुङको भकुण्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, नवलपरासी पूर्वको दाउन्नेदेवी, म्याग्दीको घोरेपानी पर्यटकीय क्षेत्र र रघुगङ्गा रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्ग नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । सरकारले चालू आव २०७५÷७६ को बजेट वक्तव्यमार्फत नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने घोषणासहित बजेट विनियोजन गरेको थियो । मन्त्रालयका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दा बढीको आवेदन परेको थियो । मन्त्रालयले देशभर एक सय नयाँ गन्तव्य पहिचान गरेको हो । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले पाँच आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो । निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिनेछ । नयाँ एक सय गन्तव्य छनोटले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुग्नेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending