Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

वातावरण र विकासबीचको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छः वनमन्त्री बस्नेत

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका छन् । मन्त्री बस्नेतले आइतबार आफ्नै कार्यकक्षमा कुरा गर्दै सोही अनुसार नै मन्त्रालयले आफ्ना योजना अघि बढाईरहेको र विकासलाई वातावरणमैत्री बनाउन चाहन्छौँ उनले भने । कतिपय विकास निर्माण आयोजनाका काम ढिलाई हुनुमा वन मन्त्रालयलाई आरोप लगाउने गरेका छन् नि भन्ने जिज्ञासामा उनले भने “आजको विकास वातावरण मैत्री हुनुपर्छ भन्ने नबुझ्दा, त्यसलाई आत्मसात् नगर्दा र विकासलाई परम्परागत दृष्टिबाट हेर्नेहरुले मात्र त्यस्तो भनेको हुनुपर्छ ।” वातावरण संरक्षणको विषयलाई पनि मुलुकको आजको आवश्यकता र अवस्थासँग नजोडीकन हेर्दा एकाङ्की हुने उनको भनाई थियो । “आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइ) को प्रक्रियामा आयोजनाका तर्फबाट हुने ढिलाईलाई पनि मन्त्रालयमाथि दोष थोपर्नु राम्रो होइन, कुनै पनि आयोजनाका फाइल मन्त्रालयमा आइसकेपछि हामीले त्यसलाई यथोचित सम्बोधन गरी काम अघि बढाउने गरेका छौँ” मन्त्री बस्नेतले भने । ईआइ प्रक्रिया लामो भयो भन्ने सम्बन्धमा उठेका प्रश्नलाई भने मन्त्रालयले गम्भिरताका साथ लिएको र त्यसको कार्यविधिलाई समयानुकुल परमार्जन गरी छोटो र सरल प्रक्रिया बनाईने उहाँले अवगत गराए । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रुख काट्ने काममा मात्र किन हतार भन्ने जिज्ञासामा मन्त्री बस्नेतले भने, “विमानस्थलको काम सुरु हुने वातावरण बनेपछि मात्र रुख कटानको काम सुरु हुन्छ ।” विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच नियमति छलफल भईरहेको जानकारी दिँदै मन्त्री बस्नेतले दुई मन्त्रालयबीच सो सम्बन्धमा कुनै विमति नरहेको पनि स्पष्ट पारे । “विमानस्थल मुलुकको आवश्यकता हो, कम भन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ” उनले भने । विमानस्थल निर्माणलाई प्रभावित पार्ने नियतका साथ तर्क गर्नेहरुलाई सरकारले सम्बोधन गर्न नसक्ने भन्दै उहाँले सकारात्मक चासो, चिन्ता र जैविक विविधताको संरक्षणबारे उठाइएका प्रश्नको भने उचित सम्मान तथा सम्बोधन गर्ने बताए । मन्त्रालयले विभिन्न आयोजनालाई अन्य प्रयोजनका लागि उपलब्ध गराउने वन क्षेत्रको क्षतिपूर्ति तिर्र्न सम्बन्धित आयोजनाले बेवास्ता गर्दै आएका छन् । यस सम्बन्धमा मन्त्री बस्नेतले त्यस्ता कार्यको अनुगमनलाई प्रभावकारी बनाएको र कार्यान्वयनमा जोड दिएकोसमेत जानकारी दिए । साथै उनले यस सम्बन्ध छुट्टै कोष बनाएर कोषमा क्षतिपूर्ति वापत आउने रकम जम्मा गर्ने र सो रकम वृक्षारोपण कै लागि विशेष व्यवस्था गर्ने बताए । मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि हालसम्म मुलुकभर १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । त्यस्ता आयोजनाले सम्झौताको शर्तअनुसार क्षतिपूर्ति नतिर्ने, वृक्षरोपण नगर्ने र गरे पनि देखाउन मात्र गर्ने गरेका छन् । मन्त्रालयले काठमा आत्मनिर्भर बनाउन उत्पादनमा वृद्धि र उपयुक्त व्यवस्थापनको काम अघि बढाएको छ । मन्त्री बस्नेतले विदेशी काठको आयात रोक्न यो वर्ष मुलुकभित्र काठको उत्पादनमा तीन गुणा बढी उत्पादन वृद्धि हुने र वृद्धिसँगै आवश्यकीय व्यवस्थापनको काम पनि सुरु गरेको बताए । हाल मुलुकमा वर्षेनी अर्बांै मूल्य बराबरको काठ र काठजन्य सामग्री विदेशबाट आयात हुने गरेको छ । ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना अन्तिम चरणमा  वन मन्त्रालयले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री बस्नेतले गुरुयोजनापछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने र डिपीआर तयार भएपछि निर्माणले गति लिने बताए । चालु आर्थिक वर्ष भित्र दुवै काम सम्पन्न हुने उनले जानकारी गराए । गुरुयोजनाअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुने उद्यानको लागत रु पाँच अर्ब बढी लाग्ने छ । वन्यजन्तु हेर्न सुरक्षित टावर तयार गरिने छ । विसं २०७१ माघ २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडाैं उपत्यकाभित्र प्राणी उद्यान स्थापना गर्न भक्तपुरको सूर्यविनायक आसपासका सात सामुदायिक वनअन्तर्गतको २४५ हेक्टर वनक्षेत्र निर्धारण गरी काम शुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७३ साल असार ९ गते सूर्यविनायकमा उक्त प्राणी उद्यानको शिलान्यास गरेका थिए । उद्यानलाई वन्यजन्तु उद्धार केन्द्रका रुपमा विकास गर्न सोहीअनुसारका पूर्वाधार निर्माणसमेत भइरहेको मन्त्रालयले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending