Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अमेरिकामा मतदाता मनाउने अन्तिम कसरत

संयुक्त राज्य अमेरिकामा संसदीय चुनाव हुनुभन्दा दुई दिनअघि रिपब्लिकन र डेमोक्र्याट्सले मतदाताहरूलाई आफ्नो तर्फबाट अन्तिममध्येका केही अपील गरिरहेका छन्।

आसन्न संसदीय चुनावलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको परीक्षणका रूपमा हेरिएको छ। बहालवाला र पूर्वराष्ट्रपतिहरू चुनावी प्रचार अभियानमा सहभागी भएका छन्। पूर्वराष्ट्रपति बराक ओबामाले इण्डियानामा डेमोक्र्याटिक पार्टीका सिनेटरलाई समर्थन गरिरहेका छन् भने ट्रम्पले जर्जियामा एउटा चुनावी र्‍यालीलाई सम्बोधन गर्दैछन्। त्यहाँ गभर्नर पदका लागि हुने प्रतिस्पर्धा मतदान गर्न को योग्य छ भन्ने विवादका कारण ओझेलमा परेको छ। रिपब्लिकन पार्टीका तर्फबाट उठेका उम्मेदवारका अनुसार मतदाता नामावली प्रणालीमा डेमोक्र्याटिक पार्टीले अनधिकृत रूपमा पहुँच स्थापित गर्नका लागि गरेको असफल प्रयासबारे जर्जियास्थित अधिकारीहरूले छानबिन गरिरहेका छन्। डेमोक्र्याटिक पार्टीका उम्मेदवारले चाहिँ सो छानबिनलाई \'विक्षिप्त\' कदम भनेका छन्। यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोज्ने विदेशीलाई प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरिएको आदेशमा हस्ताक्षर गरिसकेका छन्। चुनाव आउन आठ हप्ता बाँकी छँदा प्रतिबन्धसम्बन्धी नयाँ व्यवस्था गरिएको थियो। अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले चुनावको निष्पक्षता सुनिश्चित गर्न पछिल्लो कदम चालिएको बताएका थिए। गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू \'हिंसात्मक रूपले\' उल्ट्याइने चेतावनी दिएका थिए। अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनाव हुन लागेको हो। ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमत सङ्ग्रह सरह हुने ट्रम्पले बताउने गरेका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending