Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिइरहेको छ ।परिषद्ले विसं २०७२, २०७३ र २०७४ मा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई सहभागी गराई प्रशिक्षण दिइरहेको हो । यही कात्तिक १० गतेदेखि शुरु भएको प्रशिक्षण १९ गते सकिनेछ । प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका खेलाडी सहभागी छन् । गत शनिबारदेखि शुरु भएको प्रशिक्षणमा कराँते, उसु, तेक्वान्दो र एथलेटिक्सका युवा खेलाडी सहभागी छन् । सातदोबाटोस्थित कराँते प्रशिक्षण केन्द्रमा कराँतेको प्रशिक्षण भइरहेको छ । तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा तथा एथलेटिक्स मूलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ । प्रशिक्षणमा तेक्वान्दो, कराँते, उसु र एथलेटिक्सका ९० खेलाडी सहभागी छन् ।राखेप सदस्यसचिव केशवकुमार विष्टले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकूदसम्म खेलाडीले नतिजामूलक उपलब्धि हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए । “हामी साग र आठाँै राष्ट्रिय खेलकूदको तयारीमा छौँ, उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनु प्रशिक्षणको मुख्य उद्देश्य हो”, उनले भने। विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिभावान र नयाँ खेलाडीको कमी हुँदै आएकाले सोको पूर्तिका लागि युवा खेलाडीलाई प्रशिक्षण दिइएको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।राखेपले युवा खेलाडीलाई प्रशिक्षण र अध्ययन दुवैको मौका दिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको प्रदर्शन राम्रो हुने उनको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युवा खेलाडीको क्षमता वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको राखेपले जनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies