Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नेकपाको कार्यालयमा चोरीको बिजुली

राजविराज । राजविराजस्थित सतारुढ नेकपाको पार्टी कार्यालयमा चोरीको बिजुली बल्ने गरेको पाइएको छ  । राजविराज–७ मदननगरस्थित साबिकको एमाले पार्टी कार्यालय (हाल नेकपाको कार्यालय) मा लामो समयदेखि हुकिङ गरी बिजुली बालिने गरिएको हो । अाजको कान्तिपुरमा खबर छ-साबिकमा एमाले पार्टी कार्यालय रहेको उक्त भवन अब नेकपाको कार्यालयका रूपमा प्रयोग गर्ने सहमति भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय प्रशासनसितको समन्वयमा जिल्लाका ग्रामीण क्षेत्रमा हुकिङ गरी बिजुली चोरी गर्नेलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने गरे पनि सतारुढ दलकै जिल्ला पार्टी कार्यालयमा लामो समयदेखि हुकिङ गरी बिजुली चोरी गर्ने गरिए पनि न प्राधिकरणको न त स्थानीय प्रशासनकै ध्यान पुग्न सकेको छ । उक्त पार्टी कार्यालय सुरक्षार्थ ६ जना प्रहरी समेत २४ सै घण्टा रहने गरेको छ । पार्टी कार्यालय सुरक्षार्थ रहेका एक प्रहरीले भने, ‘हामीले बोल्यो कि जागिर धराप हुन्छ, पार्टी कार्यालयमा लामो समयदेखि हुकिङ गरी चोरीको बिजुली बाल्ने गरिएको छ, हामी चोरीको साक्षी बनेर बस्नु परेको छ ।’ पार्टी कार्यालयमा आउने जिम्मेवार नेतालाई हुकिङ गरी बिजुली बालिने गरिएको विषयमा जानकारी गराउँदा चासो नदिने गरेको ती प्रहरीले बताए । विभिन्न समयमा उक्त पार्टी कार्यालयमा हुने गरेको कार्यक्रममा पार्टीका उच्च तहका नेताहरूदेखि प्रशासकहरू समेत पुगने गरे पनि पार्टी कार्यालयमा हुकिङ गरी बिजुली प्रयोग भइरहेको विषयमा भने कसैको ध्यान जान सकेको छैन । नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद अशोककुमार मण्डल अमरले उक्त पार्टी कार्यालय साविकमा एमालेको रहेको र अब नेकपाको पार्टी कार्यालयका रूपमा प्रयोग गरिने सहमति भए पनि अहिलसम्म उक्त भवनको अवस्थाबारे साबिकके एमालेकै नेताहरू जिम्मेवार हुने बताए । तात्कालीन नेकपा एमाले सप्तरीका अध्यक्ष समेत रहेका प्रदेशसभा सांसद गोबिन्द न्योपानेले पार्टी कार्यालयमा चोरीको बिजुली कसले र किन वाल्यो त्यसबारे आफू जानकार नरहेको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हुकिङ गरी विद्युत् प्रयोग गरिएको विषयबारे तत्कालै आफूले बुझ्ने बताए । ‘प्रहरी सुरक्षा रहेको स्थानमा हुकिङ गरी बिजुली बाल्नु गम्भीर कुरो हो,’ प्रजिअ पौडेलले भने, ‘तत्काल बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछौं  ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: