Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

नेकपामा चियापानसँगै एकतापछि घुलमिलको अवसर

प्रकाश सिलवाल/शरद शर्मा  । काठमाडौँ, १० कात्तिक । “नेपालका राजनीतिक दल सधँै झगडा मात्र गर्दैनन् मिल्छन् पनि भन्ने सन्देश हामीले दिँदै आएका छौँ ।” चीनका लागि पूर्व नेपाली राजदूत एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) केन्द्रीय सदस्य टङ्क कार्कीले भृकुटीमण्डपमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग चियापानपछिको अनुभूति हो यो ।

उनले भने, “अरु बेलामा हामी राजनीतिक विषयमा विवाद गर्छौं तर सांस्कृतिक चाडपर्वका अवसरमा एकापसमा घुलमिल हुन्छौँ भन्ने सन्देश विश्व समुदायलाई दिन चियापान कार्यक्रम सहयोगी हुँदै आएको छ ।” विगतमा दशैँ, तिहार र नेपाल संवाद् तथा छठ पर्वका अवसरमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले फरकफरकरुपमा आयोजना गर्दै आएको चियापन कार्यक्रम यो वर्ष पार्टी एकता भई नेकपा गठनपछि पहिलो पटक आज आयोजना भएको हो । नेपाली काङ्ग्रेस र अन्य दलले पनि चाडपर्वका अवसरमा यस्तो चियापान कार्यक्रम गर्दै आएका छन् । नेकपाको जिल्ला र जनसङ्गठनबीच एकता प्रक्रियाले पूर्णता नपाए पनि विगतमा एमाले र माओवादीका नेता कार्यकर्ताको पहिचानमा चिनिएका नेता कार्यकर्ता आज एकै पार्टीको र एकै लक्ष्य बोकेका सिपाही झैँ अन्तरघुलित भएका थिए । एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियो । तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीले विसं २०५१ को दशैँका अवसरमा शुभकामना आदानप्रदानका लागि चियापान कार्यक्रमको थालनी गरेका थिए। त्यसपछि नियमितरुपमा यो कार्यक्रम हुँदै आएको छ । योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले चियापानबाट पार्टी एकताको सन्देश प्रवाह भएको जनाउँदै भने, “एकतापछि कार्यकर्ताबीच यति ठूलो भेटघाट भएको थिएन । यसले नेता र कार्यकर्ताको दूरी नजिक्याउँने काम गरेको छ । अब यो सन्देश देशव्यापी बनाउनुपर्छ ।” तत्कालीन एमाले नुवाकोटका जिल्ला सचिवालय सदस्य पूर्णलाल श्रेष्ठले जिल्लागत एकताले पनि पूर्णता पाएको भए कार्यकर्तामा थप उत्साह पैदा हुने टिप्पणी गरे । अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष दीपक देवकोटाले चियापानमा उत्साहजनक सहभागिता देखिएको यसले पार्टी एकताको भावनात्मक एकता प्रदर्शन गरेको दाबी गरे । शीर्ष नेताहरु स्वागतमा व्यस्त  दुई तिहाइ नजिकको समर्थनका साथ सत्तारुढ दल बनेको नेकपाको चियापनमा सो दलका नेता कार्यकर्ताका साथै सर्वसाधारण र समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेख्य सहभागिता थियो । अस्वस्थ्यताका कारण प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुँदा केही खल्लो महसुस भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, गृहमन्त्री एवं नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादल, पार्टीका महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सहभागीलाई दिनभर स्वागतमा व्यस्त थिए । निरन्तर साङ्गीतिक प्रस्तुति  चियापान चलिरहेका बेला राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, अन्तरा समूहलगायत टोलिका कलाकारबाट साङ्गीतिक प्रस्तुति भएको थियो । ती प्रस्तुतिमा पनि पार्टी एकता, समृद्धि र सद्भावको सन्देश प्रवाह भएको थियो भने जनताको अपेक्षाअनुसार काम गर्न नेतालाई खबरदारी गरिएको थियो । कार्यक्रम प्रस्तोता कलाकार राजाराजेन्द्र पौडेलले बेलाबेलामा हास्यव्यङ्ग्य प्रस्तुति गरेर मनोरञ्जन दिएका थिए । देउवा आएपछि...  मध्याह्न १२ बजेदेखि शुरु भई साँझ ५ बजेसम्म चलेको चियापनमा शुरुदेखि नै सहभागीको लाइन लागेको थियो । पद्मोदय मोडदेखि भृकुटीमण्डपसम्म लाइन लागेको थियो भने एकैपटक मानिसको प्रवेश हुँदा व्यवस्थापनमा हम्मेहम्मे परेको परेको देखिएको थियो । प्रधानमन्त्री ओली नआएपछि प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पनि नआउने त होइन भन्ने सञ्चारकर्मीले जिज्ञाशा राखिरहेका बेला उनी कार्यक्रमको अन्त्यतिर भृकुटीमण्डपमा आइपुगेका थिए । अध्यक्ष प्रचण्डलगायत वरिष्ठ नेताले देउवालाई स्वागत गरेको र उनीहरुले चिया पिएको दृष्य कैद गर्न सञ्चारकर्मी एकाएक झुम्मिएका थिए । चालीस हजार सहभागी  आयोजकले ५० हजारका लागि निमन्त्रणा गरेकामा चियापानमा ४० हजारको सहभागिता रहेको नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । उनले आयोजनाका लागि रु १० लाख रकम पेश्की निकासा गरिएको बताए । चियापानमा सालको पाताको दुनामा निमकिन, कचौरी, केरा, लड्डु राखिएको थियो । चिया र पानीका लागि अलग्गै प्रबन्ध थियो । चियापानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता, मन्त्रीगण, मुख्यमन्त्री, सांसद संवैधानिक अङ्गका पदाधिकारी, राष्ट्रसेवक, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, प्राज्ञहरु, कलाकार र सर्वसाधारणको सहभागिता थियो । चियापानमा काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवासहित काङ्ग्रेस नेता प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीलगायत नेताको सहभागिता थियो । समृद्धि, विकास र सद्भावको सन्देश  नेकपामा महासचिव पौडेलले नेपालीको राष्ट्रिय चाडपर्वका अवसरमा पार्टीले विगतदेखि आपसी सद्भाव साटासाट गर्न चियापान गर्दै आएकाले यस वर्ष पनि आयोजना गरिएको बताउँदै चियापानमा राजनीतिक दलका नेता सामाजिक जीवन व्यक्तित्वदेखि सर्वसाधारणको उपस्थितिले आफूहरुलाई उत्साही बनाएको बताए । उहाँले सदियौँदेखि चलिआएको चाडपर्वले नेपालीबीच एकता, मेलमिलाप र सहिष्णुता सन्देश दिने बताउँदै भने, “संविधान जारी भइसकेको छ । अब मुलुक समृद्धि, विकास र सामजिक न्यायसहित समाजवादउन्मुखको यात्रामा अगाडि बढ्न र सिङ्गो नेपालीलाई एकताबद्ध बनाएर जाने सन्देश यस्ता कार्यक्रमबाट हामीले ग्रहण गर्नुपर्छ ।”

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending