Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

अस्पतालमा टेलिफोननै छैन !

\"\"रोल्पा। जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् । जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध हुँदै आए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहुँचमा पुग्नसकेको छैन । कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता छ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा सुशील आचार्यले भने । टेलिफोन असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्, डा आचार्यले भने । अस्पतालको डेलिभरी कक्षमा सिडिएमए टेलिफोनबाट काम चलाएका छौं। रोल्पा जिल्ला अस्पतालका स्टाप नर्स शर्मिला आचार्यले भने । कहिलेकाहीँ सिडिएमएले समेत काम नगर्दा निकै सकस हुन्छ, आचार्यले भने । अस्पतालजस्तो क्षेत्रमा प्रभावकारी टेलिफोन सेवा नपुग्नु दुःखद् कुरा हो नागरिक अगुवा तीर्था आचार्यले भने । बिरामीको अवस्था बुझ्न तथा अस्पतालमा स्वास्थ्य परामर्शका लागि चौबीसै घण्टा टेलिफोन सेवा उपलब्ध हुनुपर्नेमा सामान्य फोन गर्न समेत सास्ती भोग्नु सामान्य कुरा होइन । सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका एक कर्मचारीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending