Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

खानेपानी रकमान्तर प्रकरण: योजनाकार नै छानबिन संयोजक

काठमाडौं । खानेपानीमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको छ। तर छानबिन संयोजकको जिम्मा उनैलाई छ, जसले आर्थिक वर्षान्तमा थप बजेट दिलाउने धन्दामा सचिव र महानिर्देशकलाई नजिकबाट सघाएका थिए। आर्थिक वर्षको आखिरी दिनमा दुई अर्ब ५४ करोड रूपैयाँ बढी रकमान्तर गरी अनियमितता गरेको समाचार अन्नपूर्ण पोस्ट्ले बुधबार प्रकाशन गरेको थियो। बुधबारै खानेपानी मन्त्री बिना मगरले छानबिन गर्न सचिव गजेन्द्र ठाकुरलाई निर्देशन दिएकी थिइन्। अाजको अन्नपूर्णमा खबर छ-मन्त्रीको निर्देशनअनुसार उनले रकमान्तरबारे छानबिन गर्न सात प्रदेशमा सातैवटा छानबिन समिति गठन गरेका हुन्। सचिव ठाकुरले सातवटै प्रदेशमा रकमान्तर गरी थप बजेट निकासा गरिएकोबारे छानबिन गर्न प्रदेश नं. १ सिनियर डिभिजनल इन्जिनियर अरुण सिंखडालाई संयोजक बनाएका हुन्। विभागको योजना शाखामा बसेर सिंखडाले थप बजेट कहाँ–कहाँ दिनुपर्छ भनेर सचिव र महानिर्देशकलाई सहयोग गर्दै आएका थिए। कुन कुन जिल्लालाई कति कति रकम थप दिने भन्ने योजना सिंखडाले बनाउने गर्थे। थप बजेटको धन्दामा संलग्न व्यक्तिलाई नै सचिव ठाकुरले छानबिन संयोजक बनाउनु ढाकछोप गर्नु रहेको मन्त्रालयले स्रोतले बतायो। बजेट निकासा गर्ने अर्थ मन्त्रालय आफैँले स्रोतको यकिन नगरी दायित्व सिर्जना गर्ने सम्बन्धित पदाधिकारीलाई सम्बन्धित मन्त्रालयले सजग गराउने र सिर्जित दायित्व, खरिद प्रक्रिया, सम्पन्न कामको परिमाण र गुणस्तर सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट छानबिन गर्ने गरी रकमान्तर गरेको थियो। खानेपानी सचिव ठाकुरले अन्नपूर्णसित मंगलबार ‘जनताले पानी खाइसके, केको छानबिन ? ’ भन्दै प्रतिप्रश्न गरेका थिए। ‘छानबिन हुँदैन’ भन्ने सचिव ठाकुरले प्रदेश नं. १ मा थप बजेट पठाउन आपूmलाई सहयोग गर्ने सिंखडालाई तीन सदस्यीय छानबिन समितिको संयोजक बनाएका हुन्। सिंखडा समितिमा अर्थशास्त्री कमलकान्त पौडेल र इन्जिनियर नरेश रेग्मी सदस्य छन्। मन्त्रालय स्रोतका अनुसार रकमान्तर गरी थप बजेट गोलमाल गर्ने कार्यमा सचिव र महानिर्देशक दुवै संलग्न छन्। ‘उनीहरूकै अगुवाइमा गरिने छानबिन केवल नाटक हो’, स्रोतले भन्यो, ‘छानबिन गर्ने नै हो भने सचिव र महानिर्देशकलाई मन्त्रालय र विभागबाट हटाउनुपर्छ, अनि मात्र स्वतन्त्र छानबिन हुन्छ।’ सात वर्षदेखि खानेपानीमा थप बजेटको समस्या देखिएको हो। हरेक आर्थिक वर्षान्तमा यसैगरी रकमान्तर हुँदै आएको छ। सचिव ठाकुरको अध्यक्षतामा बसेको बैठकले रकमान्तरका विषयमा भएको यथार्थ १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन दिएको छ। प्रदेश २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र दंगाल, प्रदेश ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का छन्। त्यसैगरी प्रदेश ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, प्रदेश ६ मा प्रेमकृष्ण सिंह, सुधीर शाह र नवराज न्यौपाने र प्रदेश ७ मा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह रहेका छन्। ‘बुधबार केही सञ्चारमाध्यममा खानेपानी मन्त्रालय मातहतका कार्यालयमा रकमान्तर भएको भन्ने समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक आह्वान गरेको हो’, मन्त्रालयले बुधबार जारी गरेको प्रेस नोटमा छ, ‘खानेपानी मन्त्री बिना मगरको निर्देशनमा बसेको बैठकले यथार्थ विवरण आएपछि थप निर्णय लिने जनाएको छ।’ मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशीघ्र छानबिन टोली गठन गर्न मन्त्री मगरले सचिव ठाकुरलाई निर्देशन दिएको नोटमा उल्लेख छ। रकमान्तरबारे थप रिपोर्ट आएपछि पुनः बैठक बसेर आवश्यक कार्वाही गर्ने सचिव ठाकुरले जानकारी दिए। सचिव र महानिर्देशकको मिलेमतोमा रकमान्तर गर्न लागेको सूचना मन्त्री मगरलाई पहिले नै दिइएको थियो। ‘हामीले मन्त्रीज्यूलाई रकमान्तर हुनुअघि यस्तो चलखेलबारे जानकारी दिएका थियौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यतिबेला मन्त्रीज्यूले वास्ता गर्नुभएन, उहाँमा परिपक्वता देखिएन।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending