काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच, नामको बिषयमा फेरी विवाद बल्झिएको छ । अध्यक्ष कट्टेलले नयाँ पार्टीको नाम आफ्नो नेतृत्वको पार्टीसँग जुधेकाले खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी गरेपछि विवाद बल्झिएको हो ।
उजुरी परेपछि निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डाक्टर आयोधीप्रसाद यादवको नेतृत्वमा ईजलास गठन गरि आज सुनुवाई गरेपनि कुनै सहमति हुन सकेन । दुई दलबीच सहमति नभएपछि अब निर्वाचन आयोगले निर्णय गर्ने प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।
आजको बहसपछि निर्वाचन आयोगले सहमतिका लागि दुई दललाई २ घण्टाको समय दिएको थियो । तर, सहमति जुट्न नसकेपछि निर्वाचन आयोगले आफै निर्णय गर्ने बताएको छ । दुबै दलले आ—आफ्नो अडान भने छोडेका छैनन् । सत्तारुढ नेकपाले कट्टेल नेतृत्वको नेकपासँग नाम नजुध्ने दाबी गरेको छ ।
तर, कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने सत्तारुढ दलले आफ्नो पार्टीको नाम अतिक्रमण गर्न खोजको आरोप लगाएको छ । निर्वाचन आयोगको निर्णयमा चित्त नबुझे सर्वोच्च अदालत जाने कट्ेल नेतृत्वको नेकपाका सचिवालय सदस्य कृष्णहरी भट्टको भनाई छ ।
कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दोस्रो संविधानसभा चुनावअघि २०७० सालमा निर्वाचन आयोगमा दर्ता भएको थियो । झण्डै ५ महिना अघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम राखि दर्ता गरिएकोे थियो । उतिबेलै कट्टेल नेतृत्वको नेकपाले विरोध गरेको थियो । अहिले फेरी खारेजीको माग गर्दै उजुरी परेपछि सत्तारुढ नेकपा विवादमा परेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: