Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुर । पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो। कतिपय जिल्लाका गाउँवस्ती यसका लागि प्रख्यात छन्। किसानको जीवनस्तर उकास्ने रुद्राक्षको मोल र महत्व बढेसँगै यसलाई जोगाउन निकै चुनौती थपिएको छ। अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - किसानले पनि जोगाउने नयाँ नयाँ उपायसँगै प्रविधिको समेत उपयोग गर्न सुरु गरेका छन्। भोजपुरको उत्तरी भेगको प्रमुख आम्दानी स्रोत वनको रुद्राक्ष खेतीमा चोरी र जथाभावी क्षति पुर्‍याउने कार्यले बगान कुर्नुपर्ने बाध्यता बढेको छ। हिजोआज किसानहरू सीसी क्यामराबाट बगानको रेखदेख र निगरानी गर्न थालेका छन्। षडानन्द नगरपालिका क्षेत्र आसपास रातिमा जथाभावी क्षति पुर्‍याउने र चोरी बढ्न थालेपछि कृषकले घर र बगान वरिपरि सीसी क्यामेरा प्रयोग गरी रुद्राक्षको निगरानी गर्न थालेका हुन्। गत वैशाखबाट स्थानीय दिङ्ला आसपास करिब ४५ घरका किसानले नयाँ प्रविधिबाट रुद्राक्षको रेखदेख गर्न थालेका हुन्। सीसी क्यामेराको प्रयोग गरिएपछि रुद्राक्षको बगानमा हुने अनैतिक क्रियाकलाप पनि कम भएको स्थानीय कृषक सुनाउँछन्। ‘हाम्रो आम्दानीको स्रोत भनेको यही एउटा रुद्राक्ष खेती हो। अन्य अन्नबाली हुँदैन। त्यही खेतीमा क्षति गरी दुःख दिन थालेपछि यो प्रविधि अपनायौं’, स्थानीय प्रमेशचन्द्र नेपालले भने, ‘यो प्रविधि जडान गरेपछि रातभर बगान कुर्नुपर्ने झन्झट हटेको छ।’ उत्तरी भेगको आम्दानीको मुख्य स्रोत रहेको रुद्राक्ष खेतीमा पछिल्लो समय किसानको बगानमा कोही नभएको मौका छोपी रुद्राक्षका दाना झार्ने, चोर्ने, जथाभावी रुद्राक्षका बोट काटिदिने, चोटपटक लगाइदिने, बिरुवा भाँचीदिने, उखेलीदिनेजस्ता क्रियाकलाप हटाउन उक्त प्रविधि अपनाइएको किसानहरू सुनाउँछन्। यस्ता अनैतिक क्रियाकलापले पुग्ने क्षतिबाट रुद्राक्ष बगानका बोटबिरुवा र दाना जोगाउन उक्त विकल्प रोजिएको अर्का कृषक भविन्द्र कार्कीले बताए। सीसी क्यामेरा जोडेपछि घरभित्रै बसी रुद्राक्ष बगानको चोरी र बदमासी निगरानी गर्न सकिने उनले बताए। रुद्राक्षको बगान रेखदेखका लागि घरमै जडान गरिएको सीसी क्यामेरा। पारिश्रमिकमा बगान हेर्न कुरुवा राख्दा पनि राम्रो रुद्राक्षको दाना हराउने गरेपछि अन्तिम विकल्पमा सीसी क्यामरा जडान गरिएको अर्का स्थानीय कृषक प्रकाशचन्द्र जिसीले बताए। उनले भने, ‘तलब दिएर बोटमा कुरुवा राख्दा पनि दाना हराउन थालेपछि यो प्रविधि रोजेका हौं।’ आम्दानीको मुख्य स्रोत रुद्राक्षको बगानमा कोही नभएको मौका छोपी दाना झार्ने, चोर्ने, रुद्राक्षका बोट जथाभावी काटिदिने, चोटपटक लगाइदिने, बिरुवा भाँचीदिने र उखेलीदिनेजस्ता क्रियाकलाप हटाउन उक्त प्रविधि अपनाइएको हो। यतिबेला रुद्राक्ष टिप्ने सिजन भएकाले पनि बढी सतर्कता अपनाइएको उनीहरू सुनाउँछन्। दुईदेखि २१ मुखेसम्म रुद्राक्ष फल्ने यस क्षेत्रमा वार्षिक करोडौंको कारोबार हुने गर्छ। जिल्लाको एकमात्र व्यापारिक नाकाको रूपमा रहेको दिङ्ला बजारमा रुद्राक्षको कारोबारका लागि छिमेकी जिल्ला चीन र भारतबाट व्यापारी आउने गरेका छन्। मुखदार, पाकेको र ठूलो भएमा यसको मूल्य झनै बढ्ने गरेको छ। रुद्राक्षले चहलपहल बढ्यो रुद्राक्षको दाना टिप्ने सिजन सुरु भएसँगै उत्तरी दिङ्ला बजारमा यतिबेला मानिसको चहपहल निकै बढेको छ। रुद्राक्षको कारोबारका लागि नगरक्षेत्रबाहेक अन्य ठाउँका कृषक र व्यापारी जमघट हुने भएकाले पनि चहलपहलमा वृद्धि भएको स्थानीय रुद्राक्ष व्यापारी रोशन भण्डारीले बताए। चहलपहल बढेसँगै रुद्राक्षको कारोबारमा पनि वृद्धि आएको उनी सुनाउँछन्। स्थानीयस्तरमा उत्पादित नयाँ रुद्राक्षका लागि व्यापारीहरूको आउजाउ हुने गरेको स्थानीय बताउँछन्। कुनैबेला भारतमा मात्रै निकासी हुने रुद्राक्ष अहिले इन्डोनेसिया र चाइनासमेत निकासी हुने गरेको व्यापारीहरू बताउँछन्। अहिले चिनियाँ व्यापारी रुद्राक्षको बगानमै पसेर रुद्राक्ष खरिद गर्न थालेपछि रुद्राक्षको मूल्य र माग बढेको छ। पछिल्लो समय चिनियाँ व्यापारी संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारका होटल र व्यक्तिका घर भाडामा लिएर बसेका थिए। तर पछिल्ला केही वर्षमा चिनियाँ व्यापारीले गोलो, चिल्लो, मिलेको, बुट्टादार र शरीरमा पहिरिँदा पनि नबिझाउने किसिमका दाना मात्र रोजेर लैजान थालेका छन्। गुणस्तरीय रुद्राक्षले अहिले पनि राम्रो भाउ पाउने व्यापारीहरू बताउँछन्। स्थानीय व्यापारीका अनुसार ४, ५ र ६ मुखे दानाको गुणस्तर हेरेर प्रतिकिलो १५ रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म खरिदबिक्री हुने गरेको छ। नगर नै पकेट क्षेत्र १० वर्षे सशस्त्र द्वन्द्वको चपेटापछि रुद्राक्षले जीवन धानेको दिङ्ला क्षेत्रमा संघीयतापछि केही नयाँ नीति ल्याइनुपर्ने स्थानीयको माग छ। रुद्राक्ष खेतीलाई व्यवसायीकरण गरी षडानन्द नगरपालिकाले रुद्राक्ष खेतीका लागि नयाँ नीति बनाउने जनाएको छ। नगरपालिका वडा नं ५, ६ र ७ का मुख्य उत्पादन क्षेत्र घोषणा गरी व्यवस्थित नर्सरीको पकेट क्षेत्रका रूपमा स्थापित गरिने उपमेयर मेरिका राईले बताइन्। ‘नगरपालिका क्षेत्रको प्रमुख आर्थिक स्रोत भएकाले पनि यसलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्ने हाम्रो चाहना हो’, उनले भनिन्, ‘नगर क्षेत्रका कृषकको आर्थिकस्तर उकास्ने हाम्रो लक्ष्य छ। नगरसभाबाट रुद्राक्ष खेतीलाई बढावा दिने योजना पारित गर्ने सोचेका छौं।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending