Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

नेपाल भर्सेस सिंगापुरः आज उपाधि भिडन्त, कस्तो छ विगत ?

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी विश्वकप टी-२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा नेपालले आज सिंगापुरसँग खेल्दै छ ।खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुने छ । नेपालले आज सिंगापुरलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ। उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालसहित सिंगापुर पनि प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन् । अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् । जारी प्रतियोगितामा नेपालपछि सबैभन्दा बलियो टोली सिंगापुरलाई लिइएको छ। तर नेपाल भन्दा कमजोर हो । पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेलिरहेको सिंगापुर र ‘वान डे’ मान्यता पाएको नेपालको खेलस्तर फरक छ। यस्तो छ नेपाल र सिंगापुरको खेल नेपालले सिंगापुरसँग टी-२० क्रिकेटमा २ पटक खेलेको छ। दुबै खेलमा नेपाल विजयी भएको छ। टी-२० क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोरको कीर्तिमान पनि सिंगापुरबीरुद्ध नै छ। सम्बन्धित् समाचार मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित Powered by Inline Related Posts सन् २०१३ मा काठमाडौंमा भएको एसीसी टि-२० कपमा सिंगापुरबीरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी-२० मा बनाएको उच्च रन हो। उक्त खेलमा नेपाल १ सय २१ रनले विजयी भएको थियो। त्यो खेल खेल्नेमध्ये अहिले सुबास खकुरेल, पृथ्वु बाँस्कोटा, चन्द्र साउँद, शक्ति गौचनबाहेक सबै खेलाडी छन्। यस्तै सन् २००९ मा सारजाहमा भएको एसिसि टि-२० कपको पाँचौ स्थानको प्ले अफमा पनि सिंगापुरलाई ९ विकेटले हराएको थियो। जारी प्रतियोगितामा नेपालले ५ खेलमा ५ मा नै फराकिलो अन्तरको जित निकालेको छ। म्यानमार र मलेसियालाई समान ८(८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै भुटानमाथि १ सय १७ रनको जित निकाल्दा चीनलाई १० विकेटले पराजित गरेको थियो। प्रतियोगिताभर बलिङमा हाबी भइराखेको नेपालले आफ्नो क्षमता अनुसारको ब्याटिङ भने गर्न सकिरहेको छैन। नेपालका युवा स्पिनर सन्दिप लामिछानेले जारी प्रतियोगितामा २० विकेट लिइसकेका छन्। यदि आजको खेलमा पनि उनले २ वा सो भन्दा बढी विकेट लिए भने उनी एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्ने छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies