Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कांग्रेसले चुनावमा गलत हल्ला फैलाउँदा जेष्ठ नागरिकले वृद्ध भत्ता पाएनन्

बझाङ । जिल्लाको ‍सुर्मा गाउँपालिका २ वारिआनाका वीरजित बोहरा उमेरले ७५ वर्ष भए  । नागरिकतामा भने उनी बल्ल ६२ वर्षका भए  । २००१ सालमा जन्मेका उनले मारिने डरले नागरिकतामा उमेर घटाएको बताए । अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ - ०४७ सालतिर हो क्यारे । गाउँमा नागरिकता वितरण टोली आएको थियो । त्यसताका अब बहुदल आयो, ६० वर्ष पुगेकालाई गोली ठोकेर मार्छन् भन्ने हल्ला खुबै चलेको थियो,’ उनले भने, ‘छिट्टै मारिने डरले ५० हाराहारी पुगेका यस गाउँका सबैजसोले नागरिकतामा उमेर घटायौं ।’ त्यसबेला आफ्नो गाउँका २५ भन्दा बढी ४५ वर्ष कटेकाले उमेर घटाएको उनले सुनाए । गोली हानेर मार्ने हल्लाबारे धेरैपछि मात्र भेउ पाएका ७२ वर्षीय सिउमल बोहराले भने, ‘कांग्रेस र कम्युनिस्टहरू चुनाव लड्दै रहेछन् । कम्युनिस्टलाई भोट नहाल्लान् भनेर कांग्रेसका मान्छेले यस्तो झुटो हल्ला फैलाएका रहेछन् । पछि मात्र थाहा पायौं ।’ उनले त्यसबेला वारिआनामात्र नभएर साबिकको सुर्मा र दौलीचौर गाउँका डेढ सयभन्दा बढीले उमेर घटाएर नागरिकता बनाएको बताए । आफूहरू अनपढ भएका कारण हल्ला पत्याएको उनी सम्झन्छन् । सम्बन्धित् समाचार मन्त्री वर्षमान पुनले सार्वजनिक गरेकाे ऊर्जा मन्त्रालयको श्वेतपत्रमा के छ ? Powered by Inline Related Posts ‘त्यसबेला दुई गाविसभरिमा एक जनाको घरमा मात्र रेडियो थियो । गाउँमा लेखपढ गर्न जान्ने थोरै मात्र थिए,’ उनले भने, ‘देशमा के भएको छ भनेर थाहा पाउने कोही थिएन । कताबाट हल्ला पस्यो कुन्नि सबैले पत्यायौं ।’ उतिबेला मारिने डरले उमेर घटाएका वृद्धवृद्धामध्ये धेरैजसोको निधन भइसकेको छ । जति जीवित छन् उनीहरू पनि उमेर घटाएकामा पछुतो मानिरहेका छन् । ‘हामीभन्दा १०-१२ वर्ष कान्छाले पनि वृद्ध भत्ता थापिसके,’ ८० वर्षीय ढोकल बोहराले भने, ‘हामी भने सरकारले दिएको सुविधाबाट अझै वञ्चित छौं ।’ उमेरले ८० पुगेको भए पनि नागरिकताअनुसार उनी अहिले ६७ वर्षका मात्र भए । ७९ वर्षीय जयधन बोहराले ठट्यौलो पारामा ढोकललाई प्रश्न गरे, ‘उति बेला जवान हुन मन लाग्यो । अहिले बूढो भएँ भन्दै रोएर हुन्छ ?’ कुराकानीका क्रममा आफूले उमेर घटाएकामा निकै पछुतो लागेको उनी बताउँछन् । ‘अहिले हामीभन्दा कान्छा धेरैले वृद्ध भत्ता खाइरहेका छन्,’ उनले भने, ‘उनीहरूले आफूलाई चाहिएको सानोतिनो खर्चमा छोराछोरीको मुख ताक्नुपर्दैन ।’ आफूहरू पनि भत्ता बुझ्ने भइदिएको भए सानोतिनो खर्चमा बचन सुन्न नपर्ने उनी बताउँछन् । सम्बन्धित् समाचार गृहले माग्यो १४ अर्ब Powered by Inline Related Posts साबिकको सुर्मा र दौलिचौर गाविसलाई गाभेर बनाइएको सुर्मा गाउँपालिका जिल्लाको विकट र पिछडिएको स्थानीय तह हो । अहिले पनि यो गाउँपालिका साक्षरताका हिसाबले अरूको तुलनामा निकै तल छ । यहाँको पुरुष ५३ प्रतिशत र महिला साक्षरता दर २८ प्रतिशत छ । जबकि ०६८ को जनगणनाअनुसार समग्र जिल्लाको पुरुष साक्षरता दर ७२.९० र महिला साक्षरता ४०.१२ प्रतिशत थियो । कान्तिपुर दैनिकमा खबर छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: