Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । क्यानेडियन प्रतिनीधीमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टसंग बुधवार भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् । भेटमा मन्त्री पुनले देशभित्रै १० बर्षमा १० हजार मेगावट विजुली आवश्यक रहेको भन्दै त्यसका लागी सरकार क्षेत्रीय बजारको निर्माणमा लागिरहेको बताए । उनले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागी क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रह समेत गरे । ‘उर्जा मन्त्रालयले ५ बर्षमा पांच हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने निकै महत्वकांक्षी लक्ष्य राखेको छ, त्यसका लागी काम समेत तिव्र रुपमा अघि बढिरहेको छ,हामीले यो लक्ष्य पुरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ ।’ मन्त्री पुनले भेटमा भने । उनले आगामी बर्षमा ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि उर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारी समेत दिएका थिए । मन्त्री पुनले भारतसंग यसअघि नै उर्जा सहकार्यमा हस्ताक्षर भइसकेको र यही बर्षमात्र चीन र वङगलादेशसंग पनि उक्त समझदारीमा हस्ताक्षर भएको बताए । उनले बङगलादेशले नेपालबाट ५ सय मेगावाट र भारतले १५ सय मेगावाट विजुली नेपालबाट किन्ने जानकारी समेत भेटमा दिएका थिए । भेटमा मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध मजवुत बन्ने विश्वास व्यक्त गरे । मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गरेका थिए । उनले नेपालको प्रजातन्त्रीक प्रक्रिया र शान्ती प्रक्रियामा क्यानडाले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा समेत नेपालको विकासमा क्यानडाले निरन्तर सहयोग पुर्याउने व्यक्त गरे । उनले दुई देशको बीचमा केही समयअघी दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा निर्माण भएको द्धिपक्षीय परामर्श संयन्त्रले आगामी दिनमा दुवै देशबीच सम्बन्ध र सहकार्य अझ प्रगाढ हुने धारणा राखे । भेटमा सांसद ट्रोस्टले नेपालको जलविद्यूत क्षेत्रमा लगानीका सम्भावनाहरुबारे मन्त्री पुनसंग छलफल गरेका थिए । निजी क्षेत्रका प्रतिनिधीमण्डललाई लिएर आउनुभएका सांसद ट्रोस्टले जलासययुक्त आयोजना निर्माणबारे समेत चासो राखेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending