Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मेयर रेणु दाहालको प्रधानाध्यापकलाई यस्ताे निर्देशन

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय भएर लाग्न निर्देशन दिएकी छन् । आज भरतपुर महानगरपालिका शैक्षिक महाशाखाले आयोजना गरेको सामुदायिक माध्यामिक विद्यालयका प्रधानाध्यापकहरूको बैठक तथा आर्थिक वर्ष २०७५-०७६ को वार्षिक बजेट तथा कार्यक्रम प्रबोधीकरणमा महानगर प्रमुख दाहालले प्रधानाध्यापकहरुलाई पठनपाठनलाई व्यवस्थित बनाई उत्कृष्ट नतिजा निकालेर देखाउन आग्रह गरिन् । उनले भने, ‘नतिजाको आधारमा शिक्षक र विद्यालयलाई पुरस्कृत गरिने छ ।’ कार्यक्रममा उनले विद्यालयमा दरबन्दी मिलान गरी आवश्यक विद्यालयमा दरबन्दी पठाइने विश्वास समेत गराए । उनले भने, ‘भौतिक निर्माणको लागि विशेष पहल गरिने छ, विद्यालय समायोजनलाई प्राथमिकता दिएर थोरै विद्यार्थी भएको विद्यालयलाई ठूला विद्यालयसँग समायोजन गरिने छ ।’ कार्यक्रममा उनले पाठ योजना, विद्यार्थीहरुको गृहकार्य प्रशिक्षण, शैक्षिक सामग्रीको प्रयोग गरी गणस्तरीय शिक्षा प्रदान गर्न जोड दिए । उनले सबैको सामूहिक प्रयासबाट सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा हासिल गर्न सकिनेमा महानगरपालिका विश्वस्त रहेको बताए । उनले भरतपुर महानगरपालिका शिक्षाको अलवा पूर्वाधार विकास, स्वास्थ्य, सामाजिक विकास, कृषि पर्यटनको क्षेत्रमा तीव्र विकासको बाटोमा अगाडि बढिरहेको जानकारी दिए । भरतपुर महानगरपालिकाले मेघा प्रोजेक्टको रूपमा सिटीहल निर्माण गर्न प्रक्रियामा लागिरहेको र सबैभन्दा उचित ठाउँ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हाताभित्र रहेको बताए । उनले भने, ‘यसको लागि महानगरवासीको सहयोग र समर्थनको अपेक्षा पनि गर्दछु ।’ कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले विद्यालयका प्रअहरूलाई शैक्षिक गुणस्तर वृद्धिमा दृढ भएर अगागि बढ्न आग्रह गरे । उनले भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले शैक्षिक गुणस्तर वृद्धिमा शिक्षक, शिक्षिकाहरूको महत्वपूर्ण भूमिका हुने भएकाले इमानदार भएर कार्य सम्पादन गर्न आग्रह गरे । उनले भरतपुरमहानगरपालिका शिक्षा क्षेत्रको गुणस्तरीय विकासको लागि सधैं क्रियाशील रहेको बताएकी छन् । नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि र पर्वाधार विकासका लागि महत्वपूर्ण नीति र योजनाहरू प्रस्तुत गरेकोमा महानगरलाई धन्यवाद दिए । उनले यसलाई व्यवहारमा कडाइका साथ उतार्न आग्रह गरे । नारायणी नमुना मावि त्यसै नमुना नभएको भन्दै महानगरपालिकाका सबै विद्यालयहरू नमुना बन्नुपर्ने बताए । उनले सरकारका कतिपय ऐन नियमहरू विद्यालयमैत्री नभएको हुँदा परिमार्जन गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदीले भरतपुर महानगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गतिविधि सञ्चालनमा सहजीकरण गर्न महत्वपूर्ण छलफल गरेकोमा धन्यवाद दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न सबै इमानदार भएर अगाडि बढ्नुको विकल्प नभएका बताएकी छन्। भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख भूमिलाल सूवेदीले भरतपुर महानगरपालिकाले शिक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको बताएकी छन्। उनले छात्रवृत्ति कार्यविधि निर्माण तथा शिक्षक कर्मचारी दरबन्दी मिलान प्रक्रिया सुरू गरिएको बताइन् । महानगरले गुणस्तरीय र व्यावहारिक शिक्षा नीति लिएको बताउँदै उनले विद्यालयको क्षैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार विकासमा जोड दिएको जानकारी गराएकी छन् । उनले नगर शिक्षा समिति गठन गरी प्रक्रिया अगाडि बढाइरहेको बताइन् । कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरूले आ–आफ्नो विद्यालयको शैक्षिक र भौतिक अवस्थाको बारेमा जानकारी गराउँदै शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक सहयोग चाहिएको बताएका थिए । कार्यक्रममा महानगरका विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियो । भरतपुर महानगरपालिकाभित्र १२३ वटा सामुदायिक विद्यालय, ९६ वटा निजी विद्यालयहरु छन् । महानगरमा ९७४ जना तालिम प्राप्त शिक्षक छन् । शिक्षक विद्यार्थीको अनुपात २१।६ प्रतिशत छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending