Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

पप्पुको पुलमा दुर्घटनाः प्रशासनलाई जानकारी नै नदिई पीडितलाई सुटुक्क पैसा

रौतहट। लालबकैया नदीमा डुंगा दुर्घटना भएको झन्डै ६ सातापछि पप्पु कन्स्ट्रक्सनले मृतकका परिवारलाई रकम दिएको छ  । स्थानीय प्रशासनलाई जानकारी नै नदिई कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारका नातेदारले सोमबार पीडितलाई घरमै भेटेर ‘सुटुक्क’ रकम दिएका हुन्  । डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । मृतकका परिवारलाई ३ लाख ५ हजारका दरले पैसा दिइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – पीडित परिवारलाई पैसा बुझेको कागजमा हस्ताक्षर गराइएको छ । पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियारका ज्वाइँ डा।महेश्वर कुर्मी आएर रकम दिएको मृतक परिवारका सदस्य रामबाबु साहले बताए । ‘अब पुलको काम पनि चाँडै सुरु गर्छौं भनेका छन्,’ उनले भने, ‘विगतमा जे भयो, अब काम गर्ने वातावरण मिलाइदिनुपर्‍यो भनेर अनुरोध गरेपछि मानेका हौं ।’ साहकी आमा शान्तिदेवीको दुर्घटनामा निधन भएको थियो । वडाध्यक्ष भुवनेश्वरप्रसाद शाहीले पीडित परिवार र पप्पु कन्स्ट्रक्सनका प्रतिनिधिसँग मध्यस्थता गरेका थिए । उनकै रोहवरमा पीडितले पैसा बुझेका हुन् । ‘मृतक परिवारलाई ५ लाख दिनुस् भनेका हौं,’ वडाध्यक्ष शाहीले भने, ‘३ लाख ५ हजारमा सहमति भएपछि रकम बुझेका हुन् ।’ पुल निर्माणको काम सुरु भएपछि मृतक परिवारका सदस्यलाई त्यहीं रोजगारी दिने भनेर पनि पप्पुका आफन्तले फकाएको स्थानीयले बताएका छन् । गौर नगरपालिका–४ टिकुलिया घाटमा भदौ ९ गते राति भएको दुर्घटनामा गौर–४ की ४५ वर्षीया इन्दुदेवी, ६४ वर्षीया शान्तिदेवी, १० वर्षीया उष्माकुमारी पटेल, डुंगा सहचालक ओमप्रकाश चन्द्रवंशी र ४० वर्षीया रुनादेवीको मृत्यु भएको थियो । २४ जनाले भने पौडिएर ज्यान जोगाएका थिए । घटनापछि जिल्ला प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशी नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । पीडितका आफन्त र स्थानीय बासिन्दा पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलका कारण दुर्घटना भएको भन्दै आक्रोशित भएका थिए । त्यसपछि दोषीलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । प्रहरीले कन्स्ट्रक्सनका अध्यक्ष सुमितलाई सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि बेवास्ता गरेपछि एक साताअघि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनका आफन्त आएर पैसा बाँडेका हुन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पप्पु कन्स्ट्रक्सनका नातेदार आई मृतकका परिवारलाई पैसा दिएको सुन्दा आश्चर्यमा परेको बताए । ‘हामीलाई कुनै जानकारी छैन । पीडितले पनि जानकारी गराएनन्,’ उनले भने, ‘यथार्थ के हो बुझ्छु ।’ पीडितले पप्पुलाई कारबाही माग गर्दै प्रशासन र प्रहरीमा छुट्टाछुट्टै निवेदन दिएका थिए । निर्माणस्थल सुनसान, उपकरण सड्न थाल्यो लालबकैया पारिका बन्जाराहा, औरैया, मठियालगायत स्थानका बासिन्दालाई सदरमुकाम गौर आउन कठिनाइ भएपछि २०७१ असार २९ गतेबाट निर्माण सुरु गर्ने सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गरेका थिए । निर्माणको ठेक्का पर्सा वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय ५० रुपैयाँमा सकार गरेको थियो । ठेक्का नम्बर १३९–०७१र०७२ रहेको टिकुलिया घाटको पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय २०७४ असार २५ गते तोकिएको थियो तर निर्माण अलपत्र भएपछि स्थानीय डुंंगाकै भर पर्न बाध्य भएका थिए । पुल निर्माणको काम ठेकेदारले अलपत्र छाडेपछि डुंगाकै भर पर्नुपरेको वडाध्यक्ष शाहीले बताए । ठेकेदार रौनियार, उनका प्रतिनिधि र प्राविधिक कोही पनि लामो समयदेखि निर्माणस्थलमा छैनन् । उपकरणहरू सबै खिया लागी सड्न थालेका छन् । पुलको पिल्लर बनाएर अलपत्र छाडिएको छ । सम्झौताअनुसार काम किन नसकेको भन्दै २०७४ माघ २९ गते सडक डिभिजन कार्यालयले पत्राचार गरेको थियो । उक्त पत्रको पप्पुले बेवास्ता गर्‍यो । चैत ६ गते अर्को पत्र पठाएर काम चित्तबुझदो नभए सार्वजनिक खरिद ऐनअनुसार कारबाही हुने चेतावनी दिइयो । डिभिजनले ७ दिनभित्र कामको प्रगति विवरणसहित उपस्थित हुन भन्दै चैत २५ गते थप पत्र पठाएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनायो । ठेकेदार रौनियारले निर्माण सामग्री अभाव, बन्दरहडताल, भूकम्प, वर्षा, बाढी, दसैं–तिहारलगायत बहाना बनाएर म्याद थप्न निवेदन दिएका छन् । यसरी भएको थियो घटना गत भदौ ९ गते टिकुलियाका गाउँलेहरू खेतमा काम गर्न सधैंजस्तो डुंगा चढेर लालबकैया पारि गए । उनीहरू बन्जाराहास्थित खेतमा काम गरेर घर फर्कंदा रात परिसकेको थियो । अचानक घाटबाट केही पर दक्षिणतिर डुंगा मोडियो । नदीमा पानीको सतह बढी भएकाले चालक पप्पु चन्द्रवंशीले डुंगा सोझ्याउन सकेनन् । सिधै पुलको पश्चिमतर्फको दोस्रो पिल्लरमा ठोक्कियो र डुंगा टुक्रा–टुक्रा भयो । त्यसमा रहेकाहरू सबै नदीमा परे । तीमध्ये २४ जना पौडिएर बाहिर निस्के । चालक चन्द्रवंशीलगायत डुंगामा सवार पुरुषले महिलालाई डुबेको स्थानबाट उद्धार गरी बाहिर ल्याए । तीमध्येकै केहीलाई नदीले बगाएर दक्षिणतिर लग्यो । सुरक्षाकर्मीले घटनाको १५ घण्टापछि पिल्लरमा ठोक्किएर त्यहीं अडकिएको डुंगालाई बाहिर निकालेका थिए । हराएकाहरूको खोजीका लागि सुरक्षाकर्मीसहित विपद व्यवस्थापन टोली परिचालन गरिएको थियो । भारतीय क्षेत्रबाट ५ जनाको शव फेला पारिएको थियो । रौनियारलाई खोज्दै प्रहरी जिल्ला प्रहरी गौरले पप्पुका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरी खोजी गरे पनि हालसम्म पक्राउ गर्न सकेको छैन । सोधपुछका लागि बोलाउँदा अटेर गरेपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ आदेश लिएको हो । उनलाई पक्रन प्रहरी परिचालन गरिएको छ । गौर प्रहरीले वीरगन्ज र काठमाडौंमा पक्राउका लागि सञ्चार गरे पनि फेला पार्न सकेको छैन । ‘पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई हामी खोज्दैछौं,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले भने, ‘अहिलेसम्म फेला पारेका छैनन् । खोजी जारी छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियार र उनका छोरा एवं हालका अध्यक्ष सुमित रौनियारमाथि साढे ३८ करोडको बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । हरिनारायण संघीय समाजवादी फोरमका सांसद थिए । भ्रष्टाचारको मुद्दापछि उनको पद स्वतस् निलम्बनमा परेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending