Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

खराब हाकिम चुराेट भन्दा बढी हानिकारक !

काठमाडौं । यदि तपाई कुनै नोकरीमा आवद्ध हुनुहुन्छ भने तपाईको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईको कार्यालय प्रमुखले तपाईसँग राम्रो व्यवहार गर्छ । क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिव ७५ प्रतिशत कामदारहरुको डिप्रेसनको मुख्य कारण उनीहरुको हाकिम भएको खुलासा भएको छ । अाजकाे नागरिक दैनिकमा याे खबर छ - हावर्ड विजनेश स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोट भन्दा बढी हानिकारक हुने देखाएको हो। तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम रहेको छ। अनुसन्धानमा भनिएको छ की ‘खराब प्रवृत्तिको हाकिमले चुरोट भन्दा बढी हानी गर्छ, तपाई जती दवाव दिइराख्ने हाकिमसँग बसेर काम गर्नुहुन्छ त्यती तपाइको शारिरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्छ।’ यस्तै केहि कर्मचारिहरु आफुले गर्दै आएको नोकरी जान्छ की भन्ने पिरले समेत तनावमा रहने गरेका अध्ययनले सार्वजनिक गरेको छ। अध्ययनले भनेको छ ‘तपाईको हाकिम राम्रो छ हरेक कुरामा सघाउँछ तपाईसँग सकारात्मक व्यवहार प्रदर्शन गर्छ भने तपाई हरेक काममा सफल बन्न सक्नुहुन्छ तर खराब छ भने तपाईको भविष्यनै खतरामा पर्न सक्छ ।’ नराम्रो प्रवृत्तिको हाकिम सधै रिसालु र हिंस्रक हुने जसले सधै ‘मैले यस्तो गरेको त्यस्तो गरेको तिमीहरु यत्ति काम पनि गर्न नसक्ने’ भन्दै झर्कने ‘तिमीहरुसँग अहिले सम्म नोकरी छ आफुलाई भाग्यमानी ठान’ भन्ने तथा ‘एकछिन समेत म यहाँ भएन भने तिमीहरुले सम्पुर्ण कुरा विगार्छौ’ भन्दै कर्मचारीसँग झर्कने गरेका अनुसन्धानमा उल्लेख छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: