Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नौ दिनपछि बल्ल खुल्यो यो अस्पताल, के थियाे कारण ?

पोखरा। कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि बल्ल सञ्चालनमा आएको छ । आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । आज आन्दोलनरत कर्मचारी र प्रशासनबीच बसेको वार्ताबाट सहमति जुटेको हो । सहमतिअनुसार अस्थायी कर्मचारी स्थायी गर्न प्रक्रिया शुरु गर्ने, २०६४ का कर्मचारीको स्तरवृद्धि गर्ने सहमति भएको आन्दोलन समितिका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले जानकारी दिए । पहिलो बुँदामा प्रतिष्ठानतर्फ दोस्रो सभा अगाडि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी स्थायी गर्न आगामी सभा बैठकमा एजेण्डा प्रस्तुत गरी स्वीकृति गराई वा अनुमति लिई एक हप्ताभित्रमा एक पटकका लागि सीमित आन्तरिक विशेष प्रतियोगितामार्फत प्रक्रिया थालनी गर्ने सहमति गरिएको छ । साउन १ गतेदेखि लागू हुने गरी समायोजन तथा एक पटकका लागि असोज मसान्तभित्रमा एक तह स्तरवृद्धि गर्ने सहमति भएको छ । नौ दिनदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबीच वार्ताबाट सहमति निस्किन नसक्दा बिरामी मर्कामा परेका थिए । कर्मचारीको आन्दोलनका कारण आकस्मिक र सघन उपचार कक्षबाहेकका सबै सेवा ठप्प रहेको थियो । उपचारका लागि गाउँगाउँबाट अस्पताल आएका बिमारी उपचार गर्नबाट वञ्चित हुन पुगेका थिए । अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने साथै स्थायी कर्मचारीको स्तरवृद्धिको माग राखेर अस्पतालमा कार्यरत २९० जना कर्मचारी आन्दोलनमा थिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending