Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

निर्मला हत्या प्रकरणः लापरबाहीमा दोषी देखिए के कारबाही हुन्छ ?

काठमाडौँ । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको जनाएको छ। आजको नागरिक फैनिक्मा यो खबर छ - समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले पीडित परिवारलाई बेवास्ता गरेको, स्थानीय बासिन्दाले उठाएका विषयवस्तुलाई सम्बोधन नगरेको तथा घटनास्थलमा भेटिएका प्रमाण जोगाउन असफल भएको जनाउँदै एसपी विष्टलाई दोषी देखाएपछि प्रहरी प्रधान कार्यालयले एसपी गणेश रेग्मीको संयोजकत्वमा कानुनी कारबाही गर्न अर्को समिति गठन गरेको छ। एआइजी धिरु बस्न्यात संयोजकत्वमा बनेको समितिले एसपी विष्टको कसुर निक्र्योल गरेपछि रेग्मी समितिले प्रहरी नियमावलीअनुसार कारबाही सिफारिस गर्नेछ। प्रहरी नियमालीको परिच्छेद १० अनुसार विष्टको लापरबाही देखिए कसुरअनुसार घटुवादेखि भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी जागिरबाट बर्खास्तसमेत हुनेछ। प्रहरी नियमावली को दफा ११३ अनुसार आफ्नो पदीय जिम्मेवारी लापरबाही गरी पूरा नगरेमा, आचरणसम्बन्धी कुरा उल्लंघन गरेमा, ड्युटीको समयमा बराबर मादक पदार्थ सेवन गरेमा, अनुशासनहीन काम गरेको प्रमाणित भएमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिनेछ। उच्चस्तरीय छानबिन समितिले पदीय दायित्व पूरा नगरी लापरबाही गरेको भन्ने उल्लेख भएबाट उनी बर्खास्तसमेत हुने स्रोतको दाबी छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending