Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर । विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया एवम् सुझाव सङ्कलन कार्यक्रमका सहभागी सरोकारवालाले सबै किसिमले विराटनगर नै प्रदेश नं १ को स्थायी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेका छन् । सहभागीले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नभएको बताए । नेपाली काङ्ग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायम गर्न आफूहरु लागिपरेको बताए । विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्कीले विगतका अनुभवलाई ध्यानमा राखी विराटनगरलाई नै राजधानी घोषणा गर्नुपर्ने विचार व्यक्त गरे । एलिट क्लबका अध्यक्ष प्रा भेषराज धमलाले अरबौँ लगानी गरेर राजधानी अन्यत्र लानु उचित नहुने बताए । प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले सम्पुर्ण मन्त्रालय र महत्वपुर्ण कार्यालयहरु एकस्थानमा राख्नुपर्ने विचार ब्यक्त गरे । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगर बाहिर राजधानी घोषणा गर्नु दुर्भाग्यपुर्ण हुने धारणा राख्नुभयो । अन्तरक्रिया कार्यक्रममा चिकित्सक कैलाश श्रेष्ठ, सामाजिक अभियन्ता दुर्गा चापागाई, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेशकुमार मास्के, साहित्यकार दिनेश सुवेदीलगायतले विराटनगरलाई स्थायी राजधानी कायम गराउन सङ्घर्ष समिति गठन गरेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending