Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

२८ औं ज्येष्ठ नागरिक दिवसः राष्ट्रकवि घिमिरेलाई सामाजिक विकास मन्त्रालयको सम्मान

काठमाडौं । ‘ज्येष्ठ नागरिक अभियन्ताको अभिनन्दन गरौं’ भन्ने मुल नाराका साथ २८ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गरिएको छ । प्रदेश नम्बर ३ अन्तर्गत सामाजिक विकास मन्त्रालयले आज राष्ट्रकवि घिमिरे निवास लैनचौरमा गएर सम्मान गरेको हो । १ सय बर्षमा प्रवेश गरेका घिमिरेलाई ज्येष्ठ नागरिक दिवसको अवसरमा सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले सम्मान गरेका हुन् । भोलि २८ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस हो । यहि असोज ७ गते घिमिरे १ सय बर्षमा प्रवेश गरेका थिए । \"\" मन्त्री शरदले राष्ट्रकवि घिमिरेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो कार्यक्रममा स्वचन्दतावादी साहित्यमा घिमिरेले पुर्याउनु भएको योगदान र नेपाली साहित्य जगतमा गरेको योगदानबारे चर्चा मन्त्रीले चर्चा गरेका थिए । आफुले बाल्यकालमा पनि घिमिरेको सिर्जना सुनेर प्रभावित भएको मन्त्रीले बताए । मन्त्री शरदले राष्ट्रकवि घिमिरेले खनेका साहित्यका बाटोहरुमा अबका युवा साहित्यकारहरुले हिड्ने पर्ने बताएका थिए । घिमिरे प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुँदा ल्याएको योजनाहरु अब प्रदेश सरकारले कार्यन्वयन गर्ने मन्त्री शरदले प्रतिबद्धता गरेका छन् । त्यस्तै राष्ट्रकवि घिमिरेले समाजको विकासको निम्ति राजनीति एउटा पक्ष भएको बताउँदै जनतालाई बुझाउनका लागि साहित्य एउटा गतिलो हतियार भएको बताए । \"\" यस्तै आइतबार (आज) काठमाडौंमा प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय एक दिने अन्तक्रिया कार्यक्रम गरेको छ । २८ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सरोकारवाला निकायसँग अन्र्तक्रिया कार्यक्रम मन्त्रालयले गरेको हो । उक्त कार्यक्रममा केन्द्रीय जेष्ठ नागरिकका महासंघका अध्यक्ष मदनदास श्रेष्ठलगायत ३ नम्बर प्रदेशको १३ जिल्लाका सरोकारवाला निकायहरुको उपस्थित रहेको मन्त्री शरदका स्वकिय सचिव प्रलाह्द चौलागाईंले बताए । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending