Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

२८ औं ज्येष्ठ नागरिक दिवसः राष्ट्रकवि घिमिरेलाई सामाजिक विकास मन्त्रालयको सम्मान

काठमाडौं । ‘ज्येष्ठ नागरिक अभियन्ताको अभिनन्दन गरौं’ भन्ने मुल नाराका साथ २८ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गरिएको छ । प्रदेश नम्बर ३ अन्तर्गत सामाजिक विकास मन्त्रालयले आज राष्ट्रकवि घिमिरे निवास लैनचौरमा गएर सम्मान गरेको हो । १ सय बर्षमा प्रवेश गरेका घिमिरेलाई ज्येष्ठ नागरिक दिवसको अवसरमा सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले सम्मान गरेका हुन् । भोलि २८ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस हो । यहि असोज ७ गते घिमिरे १ सय बर्षमा प्रवेश गरेका थिए । \"\" मन्त्री शरदले राष्ट्रकवि घिमिरेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो कार्यक्रममा स्वचन्दतावादी साहित्यमा घिमिरेले पुर्याउनु भएको योगदान र नेपाली साहित्य जगतमा गरेको योगदानबारे चर्चा मन्त्रीले चर्चा गरेका थिए । आफुले बाल्यकालमा पनि घिमिरेको सिर्जना सुनेर प्रभावित भएको मन्त्रीले बताए । मन्त्री शरदले राष्ट्रकवि घिमिरेले खनेका साहित्यका बाटोहरुमा अबका युवा साहित्यकारहरुले हिड्ने पर्ने बताएका थिए । घिमिरे प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुँदा ल्याएको योजनाहरु अब प्रदेश सरकारले कार्यन्वयन गर्ने मन्त्री शरदले प्रतिबद्धता गरेका छन् । त्यस्तै राष्ट्रकवि घिमिरेले समाजको विकासको निम्ति राजनीति एउटा पक्ष भएको बताउँदै जनतालाई बुझाउनका लागि साहित्य एउटा गतिलो हतियार भएको बताए । \"\" यस्तै आइतबार (आज) काठमाडौंमा प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय एक दिने अन्तक्रिया कार्यक्रम गरेको छ । २८ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सरोकारवाला निकायसँग अन्र्तक्रिया कार्यक्रम मन्त्रालयले गरेको हो । उक्त कार्यक्रममा केन्द्रीय जेष्ठ नागरिकका महासंघका अध्यक्ष मदनदास श्रेष्ठलगायत ३ नम्बर प्रदेशको १३ जिल्लाका सरोकारवाला निकायहरुको उपस्थित रहेको मन्त्री शरदका स्वकिय सचिव प्रलाह्द चौलागाईंले बताए । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending