Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

रेडियोकर्मी तामाङ सहितको टोलीद्वारा मनास्लु हिमाल आरोहण

सोलुखुम्बु । सोलुखुम्बुस्थित रेडियो चोमोलोङमा सञ्चालक समितिका सदस्य एवं सोलु एफएमका प्रतिनिधि किताब सिं तामाङ सहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । १० नेपाली र चार विदेशीसहित १४ जनाको टोलीले उक्त हिमाल आरोहण गरेको आरोही किताब सिं तामाङले जानकारी दिए। निरिका एडभेञ्चर प्रा.लि.का निर्देशक शतिमान नेवारको नेतृत्वको टोलीले शनिबार बिहान ८ः३० बजे हिमालको सफल आरोहण गरेको हो । आरोही दलमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ का लाक्पा तामाङ, काजीमान तामाङ र सोमछिरिङ तामाङ रहेको छ । यस्तै सङ्खुवासभाका दोर्जिवाङ भोटे, डन्सा भोटे, छेसाङ भोटे, टङ्क गुरुङ र थुनाङ लोमी रहनुभएको छ । मनास्लु हिमाल संसारकै आठौँ र नेपालको सातौँ अग्लो हिमालको सूचीमा छ । यो हिमालको उचाइ आठ हजार १५६ मिटर रहेको छ । उक्त हिमाल आरोहण गर्न भदौ २५ गते आरोही टोली गोरखातर्फ गएको थियो । रेडियोकर्मी तामाङ ट्रेकिङ गाइडसमेत छन् । उनले यसअघि पाँच पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE