Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सडक खुलाउन प्रहरीको लाठीचार्ज

गोरखा । गोरखा-आबुखैरेनी सडक अन्तर्गत गोरखा नगरपालिका-१२ दशकिलोमा अवरुद्ध सडक खुलाउन प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट तीन जना स्थानीय सामान्य घाइते भएका छन् । शुक्रबार बिहान १२ किलोबाट आबु जाँदै गरेको मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय रुद्रबहादुर कुमाल घाइते बनेका थिए । ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीयहरुले शुक्रबार पटक-पटक सडक अवरुद्ध गरेका हुन् । फरार रहेका मोटरसाकल चालकको पहिचान हुन सकेको छैन । ठक्कर दिने चालकलाई पक्राउ गरी कारबाही तथा घाइतेको औषधि उपचारको माग गर्दै स्थानीयहरु आन्दोलित बनेका हुन् । अाजको कान्तिपुरमा खबर छ-‘घाइते हुनेको परिवार कोही छैनन्, सर्वेसहारा हुन्,’ स्थानीय खड्क बहादुर कुमालले भने,‘उनको उपचार ठक्कर दिनेले गर्नुपर्छ भनेका हौँ, मान्छे पक्राउ पनि नगर्ने, औषधि उपचारको ग्यारेन्टी पनि नभएपछि आन्दोलन गर्नुपरेको हो ।’ घाइते कुमालको आबुखैरहनीमा रहेको छिम्केश्वरी हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ । उनको टाउको र खुट्टामा चोट लागेको कुमालले बताए । ‘टाउकोमा ९ र तिघ्रामा २८ वटा टाका लगाइएको छ,’ उनले भने । प्रहरीले सामान्य विषयमा अनावश्यक बल प्रयोग गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । ‘हामीले मिलाउने प्रयास गरिरहेका थियौँ, घाइतेलाई उपचार गर्ने सर्तको एउटा सहमतिको पत्र पनि तयार भएको थियो, त्यो पत्रमा प्रहरीले हस्ताक्षर गर्न मानेनन्,’ कुमालले भने । स्थानीयहरुले सडक अवरुद्ध पारेपछि बाध्य भएर लाठीचार्ज गर्नुपरेको एसपी बिमल बस्नेतले बताए । ‘बिहानैदेखि १० किलोमा पटक-पटक सडक बन्द गर्ने खुल्ने भइरहेको थियो,’ उनले भने,‘सामान्य बल प्रयोग गरेर अहिले पूर्ण रुपमा सडक खुलाएका छौँ ।’ सडक खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि स्थानीयहरुले ढुंगामुढा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: