Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

काठमाडाैं । तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटमा ३० वर्षीया मन्थली क (नाम परिवर्तित) ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । अाजको नेपाल समाचारपत्रमा खबर छ-लिम्बु त्यही होटलमा बिहान–बेलुका खाना–खाजा खान्थे । श्रीमान्सँग छुट्टिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिकचिम बढ्यो । यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरी समेत थिइन् । सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई । त्यसैले उनीहरू खुसीराजीले लिभिङ टुगेदरमा बस्न पुगे । मन्थलीले खुसीका दिन आएजस्तो महसुस गर्न थालिन् । झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलाई नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ वर्षीया जवलाखेल क्ष (नाम परिवर्तन) लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् । समय बितेर तीन वर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो । एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित भइन् । छोरी कतै भेटिइनन् । भोलिपल्टै महानगरीय प्रहरी परिसर जवलाखेलमा खोजी दिन आग्रह गर्दै निवेदन दिइन् । निवेदन दिएको भोलिपल्टै छोरी प्रहरी परिसरको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखीमा च्यापेर माया साटिन् । तर उनको खुसीको क्षण केहीबेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुव्र्यवहार र मार्ने धम्कीले गर्दा घर छोड्नुपरेको बताइन् । उनमा पीडा र आक्रोश थपिएपछि उक्त घटनाले नयाँ मोड लियो । प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानमा परिसरका प्रहरी अधिकारीहरू जुटे । प्रहरीले ती बालिकासँग थप बयान लियो । उनले पछिल्लोपटक जेठ १९ गते बिहान होमवर्क गरिरहेको बेला कथित बाबुले गरेका सबै कतुर्त र पीडा जस्ताको तस्तै सुनाइन् । उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाइन् । कक्षा ५ मा अध्ययनरत उनी ३ कक्षामा पढ्दाताका पनि लिम्बुबाटै बलात्कृत भएकी रहिछन् । आमालाई रगत बगेको कुरा सुनाउँदा महिनावारी भएको भनेर प्याड लगाउन दिएकी थिइन् । महिनावारी भएको बेला पनि करणी गरेर गर्भ रोक्ने औषधी खान कर गर्दै मार्ने धम्की दिएकाले छोरीले पापी बुबाको कर्तुत आमालाई सुनाएकी थिइनन् । उता प्रहरीको नियन्त्रणमा रहेका लिम्बुले बयानमा आफ्नो अपराध स्वीकारेका छन् । उनीविरुद्ध जिल्ला अदालत ललितपुरले कैद र जरिवानाको फैसला सुनाइसकेको छ । सरकारी वकिलको कार्यालयका अनुसार फैसलामा उनलाई १५ वर्षसम्म कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिइएको छ । सरकारी वकिल रमेश भट्टराईले तत्काल प्रचलित मुलुकी ऐन जबरजस्ती करणी महलअनुसार पीडकलाई अदालतले १५ वर्ष कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति तिर्न फैसला सुनाएको प्रस्ट पार्नुभयो । लिम्बुविरुद्ध न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले गत भदौ २१ गते उक्त फैसला सुनाएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: