Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

काठमाडाैं । तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटमा ३० वर्षीया मन्थली क (नाम परिवर्तित) ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । अाजको नेपाल समाचारपत्रमा खबर छ-लिम्बु त्यही होटलमा बिहान–बेलुका खाना–खाजा खान्थे । श्रीमान्सँग छुट्टिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिकचिम बढ्यो । यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरी समेत थिइन् । सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई । त्यसैले उनीहरू खुसीराजीले लिभिङ टुगेदरमा बस्न पुगे । मन्थलीले खुसीका दिन आएजस्तो महसुस गर्न थालिन् । झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलाई नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ वर्षीया जवलाखेल क्ष (नाम परिवर्तन) लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् । समय बितेर तीन वर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो । एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित भइन् । छोरी कतै भेटिइनन् । भोलिपल्टै महानगरीय प्रहरी परिसर जवलाखेलमा खोजी दिन आग्रह गर्दै निवेदन दिइन् । निवेदन दिएको भोलिपल्टै छोरी प्रहरी परिसरको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखीमा च्यापेर माया साटिन् । तर उनको खुसीको क्षण केहीबेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुव्र्यवहार र मार्ने धम्कीले गर्दा घर छोड्नुपरेको बताइन् । उनमा पीडा र आक्रोश थपिएपछि उक्त घटनाले नयाँ मोड लियो । प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानमा परिसरका प्रहरी अधिकारीहरू जुटे । प्रहरीले ती बालिकासँग थप बयान लियो । उनले पछिल्लोपटक जेठ १९ गते बिहान होमवर्क गरिरहेको बेला कथित बाबुले गरेका सबै कतुर्त र पीडा जस्ताको तस्तै सुनाइन् । उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाइन् । कक्षा ५ मा अध्ययनरत उनी ३ कक्षामा पढ्दाताका पनि लिम्बुबाटै बलात्कृत भएकी रहिछन् । आमालाई रगत बगेको कुरा सुनाउँदा महिनावारी भएको भनेर प्याड लगाउन दिएकी थिइन् । महिनावारी भएको बेला पनि करणी गरेर गर्भ रोक्ने औषधी खान कर गर्दै मार्ने धम्की दिएकाले छोरीले पापी बुबाको कर्तुत आमालाई सुनाएकी थिइनन् । उता प्रहरीको नियन्त्रणमा रहेका लिम्बुले बयानमा आफ्नो अपराध स्वीकारेका छन् । उनीविरुद्ध जिल्ला अदालत ललितपुरले कैद र जरिवानाको फैसला सुनाइसकेको छ । सरकारी वकिलको कार्यालयका अनुसार फैसलामा उनलाई १५ वर्षसम्म कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिइएको छ । सरकारी वकिल रमेश भट्टराईले तत्काल प्रचलित मुलुकी ऐन जबरजस्ती करणी महलअनुसार पीडकलाई अदालतले १५ वर्ष कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति तिर्न फैसला सुनाएको प्रस्ट पार्नुभयो । लिम्बुविरुद्ध न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले गत भदौ २१ गते उक्त फैसला सुनाएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending