Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

प्रचण्ड-अोलीमाथि माधव नेपालको अविश्वास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ । आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै भेला गर्नुभएको छ । सात प्रदेश नेतृत्व चयनमा सहभागिता नगराइएको, पार्टीको सांगठानिक एकता प्रक्रियामा अध्यक्षद्वयले अधिकार आफ्नो हातमा लिएर निर्णय गरेको अध्यक्षद्वय विदेश जाँदा पनि कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिएकोप्रति नेता नेपाल पक्ष असन्तुष्ट रहँदै आउनुभएको छ । सांगठानिक एकीकरणबाट सुरु भएको विवाद छुट्टै भेला बोलाउने अवस्था सृजना भएको छ । अाजको नेपाल समाचारपत्रमा खबर छ-भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रित भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउनुपर्ने माग गर्नुभयो । स्थायी कमिटी सदस्यहरुलाई चाँडोभन्दा चाँडो स्थायी कमिटीको बैठक बोलाउन दबाब दिन आग्रह गर्दै उहाँले अध्यक्षद्वयले एकलौटी निर्णय गरेर अगाडि बढ्नु गलत भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । वरिष्ठ नेता नेपालको भनाइ उदृत गर्दै नेपाल निकट एक नेताले भने– ‘पार्टी विधि र पद्दतीमा चल्नुपर्छ, सामुहिक निर्णय गरेर अगाडिढ बढनुपर्छ, पार्टीमा छलफल नगरेर अध्यक्षद्वयले मात्र अधिकार केन्द्रीत गर्न खोल्नु ठिक तरिका भएन, पार्टीमा अध्यक्षद्धयले मन लाग्दै गर्ने निर्णय टुलुटुल हेरेर बस्न सकिँदैन ।’ भेलामा उहाँले सरकारले गरेका काम कारवाही समेत चित्त नबुझेको भन्दै सरकारको बारेमा पार्टीभित्र गम्भीर समीक्षा गर्ने बेला आएको बताउनुभयो । अध्यक्षद्वय ओली र प्रचण्डले आफू विदेशमा भएको बेला प्रदेश पदाधिकारी चयन गरेको भन्दै नेता नेपालले असन्तुष्ट जनाउँदै आउनुभएको छ । गत असोज ५ गते सचिवालयको बैठक बसेको बेला नेता नेपाल दक्षिण अफ्रिकामा रहनुभएको थियो भने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चीनमा रहनुभएको थियो । आफूहरुलाई झुक्याएर सचिवालयले प्रदेशका पदाधिकारी टुंगो लगाएको भन्दै नेपाल र श्रेष्ठ असन्तुष्ट बन्दै आउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजित स्थायी कमिटीका सदस्यको भेलामा नेता नेपालले भन्नुभयो– ‘अध्यक्षले तपाई स्वदेश नफर्की निर्णय गर्दिनँ भन्नुभएको थियो, तर म नभएका बेला सचिवालयको बैठक बोलाउनुभएछ, सचिवालयको यो निर्णय मलाई मान्य नभएकाले औपचारिकरुपमा असहमति दर्ज गरेको छु ।’ नेता नेपालले प्रदेश कमिटी बनाउने निर्णय स्थायी कमिटीको बैठकबाट हुनुपर्ने बताउँदै सचिवालयको निर्णय आफूलाई मान्य नहुने चेतावनी समेत दिनुभएको छ । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट २० जना सदस्य छन् । पार्टीको प्रदेश पदाधिकारी चयन प्रक्रियामा असन्तुष्ट बनेका नेता नेपालले बोलाएको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार काठमाडौंमा चियापान कार्यक्रम नाम दिइएको उक्त भेलामा नेकपाका नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङलगायतको सहभागीता रहेको थियो । पार्टी एकता भएको तीन महिनाभित्र सांगठानिक एकता प्रक्रियाको टुंगो लगाउने घोषणा गरे पनि पार्टी एकता भएको चार महिना बितिसक्दा समेत जिल्ला र जनसंगठनको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन् । पार्टी नेतृत्वको चर्को आलोचना भए पनि सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको चयन गरेको थियो । तर जिल्ला कमिटी र पार्टीको जनसंगठनहरुको एकता प्रक्रिया टुंगो नलाग्दा कार्यकर्ताहरुमा निराशा छाउन थालेको छ । नेकपाका शीर्ष नेताहरुको विदेश मोहको कारणले पार्टी एकता प्रक्रिया नै अवरुद्ध भएको छ । हाल प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओली अमेरिका भ्रमणमा हुनुहुन्छ भने अर्को अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा सिंगापुरमा रहनुभएको छ । दुई अध्यक्ष नभएको अवस्थामा कार्यबहाक अध्यक्ष वरिष्ठ नेता नेपाललाई दिनुपर्ने भए पनि दिइएको छैन् । पार्टीका दुवै जना अध्यक्ष विदेशमा भएको बेला पार्टीभित्रको गुटबन्दी र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेता नेपालले बिहीवार पनि संसद्मा धारणा राख्ने क्रममा सरकारको चर्को आलोचना गर्नुभएको थियो । उक्त भेलामा नेकपाका नेता वामदेव गौतमले नेता नेपालले उठाएको विषयमा सहमति जनाउँदै तत्काल स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग गर्नुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending