Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

पार्टी बेवास्ताको सिकार बन्दै नेविसंघ, यस्तो हुनेछ नेविसंघको संरचना

काठमाडाैं । संविधान जारी हुँदासम्म पहिलो ठूलो दल रहेको कांग्रेस गत निर्वाचनमा अकल्पनीय पराजयपछि कमजोर प्रतिपक्षी दल बनेको छ । पहिलोबाट दोस्रो दलमा झरेको मात्र होइन, संघीय संसद्भित्र कांग्रेसको उपस्थिति संख्यात्मक रूपमा निकै कमजोर छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी रूपमा प्रतिपक्षी भूमिकासमेत निभाउन सकेको छैन । शान्ति सुरक्षालाई चुनौती दिने गरी भएका तमाम घटनाले सरकार आलोचित भइरहँदा कांग्रेस सरकारलाई खबरदारी गर्नसमेत चुकिरहेको छ । अरू त अरू कांग्रेस नेतृत्वको बेवास्ताले सबैभन्दा चलायमान र प्रभावकारी भ्रातृ संस्था ‘नेपाल विद्यार्थी संघ’को आसन्न महाधिवेशनसमेत अन्योलमा पुगेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-माउपार्टी कांग्रेसले विधान र नियमावली स्वीकृत नगर्दा नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन प्रभावित हुने सम्भावना बढेको छ । केन्द्रीय समिति बैठकले बुझाएको विधान र नियमावली स्वीकृत गरी संघीय संरचनाअनुसार महाधिवेशन गर्न पार्टीले अहिलेसम्म निर्देशन दिएको छैन । जसका कारण आगामी १६ देखि १९ कात्तिकसम्म आयोजना गर्न लागिएको १२औँ महाधिवेशन संकटमा पर्दै गएको छ । डा. प्रकाशशरण महत नेतृत्वको निर्देशन समितिले विधान बुझिसकेको छ । केन्द्रीय समिति बैठक बसेर विधान र नियमावलीलाई फाइनल नगर्दा समस्या भएको हो । अझै पनि केन्द्रीय समितिको बैठक बसेर नेविसंघलाई महाधिवेशन गर्ने बाटो खोल्ने बैठक बसाइहाल्ने तयारी कांग्रेसले गरेको छैन । माउ पार्टीमाथि पदाधिकारीको आक्रोश नेविसंघ महामन्त्री कुन्दन काफ्लेले निर्देशन समितिले बेवास्ता गरेर महाधिवेशनलाई अन्योल बनाएको आरोप लगाएका छन् । ‘नेविसंघको अधिवेशनबारे कांग्रेस ‘सिन्सियर’ देखिएन,’ काफ्लेले भने, ‘पार्टीले विधान बनाएर दे भन्यो, हामीले दियौँ । एक साताभन्दा बढी भइसक्यो, कुनै निर्णय आएन ।’ उनले अगाडि थपे, ‘११औँ महाधिवेशन हामीले नियमावलीले मात्र ग-यौँ । यसपटक तीन दिनसम्म बैठक बसेर मिहिनेत विधान पार्टीलाई बुझाए पनि पार्टीले कुनै चिन्ता लिएन ।’ सबैभन्दा प्रभावकारी भ्रातृ संस्था नेविसंघलाई पार्टीले नै पंगु बनाउन खोजेको आरोप महामन्त्री काफ्लेले लगाए । ‘विधानमा हामीले संगठन कसरी चलाउने भन्ने प्रस्ताव गर्ने हो । पार्टीले यो गर त्यो नगर भन्ने होइन । हामीले नराम्रो गर्दा कारबाही गर्ने अधिकार भएको पार्टीले समयमा निर्णय दिनुपर्छ, तर त्यस्तो भइरहेको छैन,’ उनले भने ।
माउ पार्टी कांग्रेसले समयमा निर्णय नलिँदा लामो समयदेखि महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघ पुनः तदर्थ समितिमै फर्किने हो कि भन्ने आशंका बढेको छ । नेविसंघका वर्तमान पदाधिकारी र अब नेतृत्वमा पुग्न आतुर विद्यार्थी नेता अकर्मण्यताको शिकार बन्दै छन्
उमेरहदको विवादले समस्या उमेरहदको विवादका कारण महाधिवेशन टर्दै गएको हो कि भन्ने आशंका पनि गर्न थालिएको छ । यसअघि ११औँ महाधिवेशनमा लागू नभए पनि ३२ वर्षे उमेरहद १२औँदेखि लागू हुने वैधानिक व्यवस्था विधानले यसअघि गरेको थियो । तर, यसपटक नेविसंघले ३२ वर्षे उमेरहद हटाएर मात्र महाधिवेशन गर्ने प्रस्ताव पार्टीसमक्ष गरेको छ । यसले पनि समस्या सिर्जना गरेको बुझिएको छ । पार्टीको लाइन अझै खुलेन महाधिवेशनका लागि आवश्यक तयारीमा लाग्नुपर्ने वेला पार्टीले निर्णय नदिएपछि चिन्तित भएका पदाधिकारीहरू पुरानै विधानअनुसार महाधिवेशन गर्न भने पार्टी तयार रहेको दाबी गर्छन् । उनीहरूले पुरानै विधानअनुसार महाधिवेशन गर्न भनेर पार्टीले यसअघि नै पत्र दिएको समेत दाबी गरे । महाधिवेशनको प्रक्रिया मात्रै भन्दा पनि महाधिवेशन प्रतिनिधि पनि पुरानैबाट गर्ने संकेत पार्टीको भएको नेविसंघका एक नेताको दाबी छ । देश संघीय संरचनमा गएको र संविधानको अभ्यास भएको पनि तीन वर्ष भइसकेकाले अब संगठनलाई संघीय संरचनाअनुसार नबदले संविधान जारी गरेको कांग्रेसलाई नै संविधान नमानेको आरोप लाग्ने नेताहरू बताउँछन् । पार्टी प्रवक्ताको आफ्नै दाबी तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीय संरचनामा मात्र नेविसंघको अधिवेशन हुने बताए । ‘विद्यार्थीको विधानमा संघीय संरचनाको व्यवस्था गरेर महाविधेशन गरिएन भने कांग्रेसलाई सार्वजनिक प्रश्न उठ्छ,’ उनले भने, ‘रामचन्द्र (पौडेल) दाइ ११ असोजमा फर्किएपछि केन्द्रीय समिति बैठक बस्छ र विधानको टुंगो लगाउँछ ।’ पार्टीले ढिलाइ ग-यो, तर काम गर्दै छौँ : अध्यक्ष महर अध्यक्ष नैनसिंह महरले विधान स्वीकृत नभएको भन्दै पहिलेकै तालिकाअनुसार काम गर्न तयार रहेको जानकारी दिए । ‘यही बीचमा फोरम लोकतान्त्रिक दलको विद्यार्थी संगठनलाई समायोजनको काम गर्दै छौँ,’ महरले भने, ‘महाविधेशनका अरू प्रक्रिया अघि बढाउन पार्टीको निर्देशनको पखाइमा छौँ ।’ उनले पनि पुरानै प्रतिनिधिबाट महाधिवेशन गराउने खोजी भइरहेको संकेत गरे । तर, पुरानो संरचनाअनुसार महाविधेशन गर्न पनि वैधानिकता छैन । संघीय संरचनामा नयाँ प्रावधानअनुसार नै गराउनुपर्ने बाध्यता रहेको उनी स्वयं बताउँछन् । पदाधिकारीकै आशंका नेविसंघका एकजना पदाधिकारीले महाधिवेशन नगरी अल्मल्याउने र तदर्थ समिति बनाउने चाहना पार्टी नेतृत्वमा देखिएको आरोप लगाए । ‘महाधिवेशनमा अघि बढ्न उत्प्रेरणा दिनुपर्ने पार्टी नेविसंघको अहिलेको समितिलाई विघटन गरेर अगाडि बढ्न खोजेको देखिन्छ,’ ती पदाधिकारले भने, ‘अन्तिम–अन्तिममा नेविसंघको नियमावली टुंग्याउन खोजेको जस्तो गर्ने, विजयकुमार गच्छदारको संगठनलाई मिलाउन खोजेको जस्तो गर्ने, तर महाधिवेशन हुने वातावरण नबनाउने शैली पार्टीको देखियो ।’ अब दसैँ पनि आउन लागेको भन्दै पार्टीले अग्रसरता नलिएकोमा उनले चिन्ता व्यक्त गरे । यस्तो हुनेछ नेविसंघको संरचना नेविसंघले प्रादेशिक समिति ३१ निर्वाचित र १० मनोनीत, केन्द्रमा २२ मनोनीतसहित १०१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको छ । केन्द्रीय अध्यक्ष निर्वाचित, चार उपाध्यक्ष खुला र समावेशीसहित निर्वाचित, तीन महामन्त्रीमा दुई निर्वाचित एक मनोनीत र विभिन्न समावेशी कोटामा सहमहामन्त्री पदाधिकारी रहने प्रस्ताव प्रस्तावित विधानमा गरेको छ । यस्तो छ, नेविसंघको कार्यतालिका (कतिपय प्रभावित भइसक्यो) -७ असोजमा देशैभरका मावि र क्याम्पस अधिवेशन । -१२ असोजमा गाउँपालिका, उपमहारनगरपालिका अधिवेशन -१५ असोजमा प्रदेश क्षेत्र अधिवेशन -२१ असोजमा ७७ वटै जिल्ला अधिवेशन -२३ असोजमा उपत्यकाभित्रका क्याम्पस अधिवेशन -१० र ११ कात्तिकमा ७ वटै प्रदेशको अधिवेशन । -१६ कात्तिकमा महाधिवेशन उद्घाटन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending