Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

भडाँस पोख्न माधव नेपालको चियापान ! झलनाथ र इश्वरलाई दोष थुपारेर किन पन्छिए अोली ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली यतिवेला देश बाहिर छन् । प्रचण्ड पत्नि सिता दाहालको उपचारको लागि सिंगापुर छन् भने ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन अमेरिकामा छन् । अहिले नेकपा अध्यक्ष बिहिन छ । कार्यबाहक अध्यक्ष कसैलाई तोकिएको छैन् । दुबै अध्यक्ष देश बाहिर भएको बेलामा हिजो बसेको संसद् बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिपक्ष जस्तै सरकारको बिरुद्धमा कुर्लिए । नेता नेपालले शुरुमै भावुक शैलीमा प्रस्तुत भए । मेरो देश डुब्न लाग्यो किनारा लगाइदेउ, माझि छौ कोहि छौ कि किनारा लगाइदेउ, देश डुब्न लाग्यो देशै बचाइदेउ \"\" देशमा भइरहेको बलात्कार, एसिड प्रहार जस्ता घटनाले प्रश्न उठिइरहेको उनले रोष्टममा उभिएर भने । भ्रष्टाचार व्यापक छ, रोक्ने कुनै निकाय छ कि छैन् भन्दै प्रश्न गरे । जनताले काम र परिणाम हेर्ने बताउँदै नेता नेपालले भने ‘यो कानले सुन्न पर्ने थिएन्, जुनै जोगि आएपनि कानै चिरिएको ।’ ‘परिणाम दिएपछि बल्ल हामिले शिर ठाडो पारेर हिड्न पाउँथ्यौं । बसमा यात्रा गर्ने नेताहरुले त झन कान नै थुनेर हिड्नुपर्ने अवस्था छ ।’ ‘हिजो मैले एउटा भिडियो हेरेको थिएँ, हाम्रा मन्त्री, सांसद र नेताहरुले हेर्नु भएको कि भएन् थाहा छैन्, गृहमन्त्री ज्यू कहाँ हुनुहुन्छ थाहा छैन्, खुलेआम नेपाल टुक्राउने अभिव्यक्ति दिने राष्ट्रद्रोहिरुलाई पनि त्यत्तिकै छुट दिन्छन् ।’ बौद्ध–साखुको बेहाल बाटोको भिडियो गीतको प्रसंग निकाल्दै काम नगर्नेलाई पुरस्कृत, अपराध गर्नेलाई पनि पुरस्कृत गरेको देख्दा दिक्क लाग्छ ।’ \"\" यी माथिका भनाईहरु हामिले हिजो (बिहिबार) संसदमा नेता नेपालले बोलेका जस्ताको तस्तै उतारेका हौं । नेता नेपालको यी भनाईले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीप्रति तिर हानिरहेको प्रष्टै हुन्थ्यो । त्यति मात्रै होईन गृहमन्त्री रामबहादुर थापा बादलको पनि चर्को आलोचना गर्दै भने ‘गृहमन्त्री कहाँ छन्, के गर्दै हुनुहुन्छ थाहा छैन् ।’ आज नेता नेपालले दिउँसो ३ बजे चियापान कार्यक्रमको आयोजना गरेका छन् । जसमा तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादीका स्थायी समिति सदस्यहरुलाई बोलाइएको छ । तत्कालिन माओवादी एक स्थायी समिति सदस्यले खबरडबलीसँग भने ‘नेपाल कम्रेडको निम्तो दिउँसो ३ बजे बानेश्वरस्थित इन्द्रेनी होटलमा बोलाइएको छ ।’ ‘प्रधानमन्त्री ओली कम्रेडले मनलाग्दी गरेको कुरा नेपाल कम्रेडले भँडास पोख्न खोज्नु भएको होला ।’ उनका अनुसार नेता नेपाल अफ्रिका सम्मेलनमा सहभागी हुन घाना गएका बेला असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको थियो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विदेश भ्रमणमा गएका बेला कुनै निर्णय नगर्ने वचन दिएर तोडेको भन्दै नेपाल असन्तुष्ट रहेको ती नेताले बताए । घानाबाट नेपाल फर्किने र अमेरिकाबाट ओली फर्केपछि मात्रै टुङग्याउने ओलीले नेपाललाई बचन दिएका थिए, तर नेपाललाई थाहा नै नदिई ओलीले एकलौटी गरेको उनको आरोप छ । नेता नेपाल मात्रै होईन् पार्टी प्रवक्तासमेत रहेका नेकपाका नेता नारायणकाजी श्रेष्ठ पनि प्रदेश इन्चार्ज र अध्यक्ष चयनप्रति आक्रोशित छन् । आजको चियापान भेलामा नेपालले पार्टी विधान र पद्दति मिचेर अध्यक्षद्वय ओली र प्रचण्डले निर्णय गरेको बताउँदै के कसरी जाने भन्ने विषयमा स्थायी समितिका सदस्यहरुसँग छलफल गर्नेछन् । \"\" नेपाल निकट एक नेताले खबरडबलीलाई बताएअनुसार घानाबाट फर्किएपछि नेपालले ओलीसँग छलफल गरेका थिए । प्रदेश इन्चार्ज र अध्यक्ष चयनको दोष ओलीले इश्वर पोखरेल र झलनाथ खनाललाई थोपारेका छन् । ती नेताका अनुसार नेपालसँग ओलीले पोखरेल र खनालको जोडबलले चयन गरिएको प्रतिक्रिया दिएका थिए । तत्कालिन माअोवादीले एक वटा प्रदेशमा मात्रै इन्चार्ज पाएको थियो भने तत्कालिन एमालेले ६ वटा प्रदेशमा इन्चार्ज पाएको थियो । एमालेले पाएको ६ वटा प्रदेशमध्ये प्रधानमन्त्री ओली समुहले तीन वटा प्रदेश र अर्का नेता माधव नेपाल समुहले तीन वटा प्रदेश इन्चार्ज पाएको छ । त्यस्तै सात प्रदेशका २८ जना पदाधिकारी मध्ये तत्कालिन माओवादी केन्द्रले १२ जना पाएको छ । तत्कालिन एमालेबाट ओली समुहका १२ र माधव नेपाल समुहका ४ जना पाएका छन् । प्रदेश नम्बर २ सत्यनारायण मण्डल, प्रदेश नम्बर ४ मा पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ मा शंकर पोखरेल प्रधानमन्त्री ओली समुहबाट इन्चार्ज भएका थिए । त्यस्तै प्रदेश नम्बर १ मा भीम आचार्य, प्रदेश नम्बर ३ कि अष्टलक्ष्मि शाक्य र प्रदेश नम्बर ७ का भीम रावल नेपाल समूहबाट इन्चार्ज भएका हुन् । तत्कालिन माओवादीबाट भने प्रदेश ६ मा जनार्दन शर्मा प्रभाकर इन्जार्च भएका थिए । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: