Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

हजार मेगावाटको माथिल्लो अरुण प्राधिकरणले अघि बढाउने

काठमाडाैं । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्ने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारण जनताको ४९ प्रतिशत सेयर स्वामित्व रहने गरी निर्माण गर्न सरकारले अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिने निर्णय गरेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - पिक रन अफ रिभर (आरओआर) आयोजनका रूपमा अघि बढाउन लागिएको अपर अरुणबाट १ हजार मेगावाट विद्युत् उत्पादन गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सरकारले आफ्नै स्वामित्वमा निर्माण गर्ने भनेपछि सो आयोजना अघि बढ्न सकेको थिएन । ‘आमजनता तथा विपन्नलाई सेयर स्वामित्व दिएर यो आयोजना अघि बढाउन लागिएको हो,’ उनले भने, ‘जनताको लगानीमा ३ हजार मेगावाट विद्युत् आयोजना बनाउने सरकारको योजनाअन्तर्गत यो पनि पर्छ । यसमा विश्व बैंकले ५ सय मिलियन अमेरिकी डलरसम्म सहुलियतपूर्ण ऋण दिने भएको छ ।’ आयोजना निर्माणका लागि चैत ०७३ मा कम्पनीले विद्युत् विकास विभागमा सर्भे लाइसेन्सका लागि आवेदन दिएको थियो । प्राधिकरणले गरेको अध्ययनअनुसार सो आयोजनाबाट उत्पादन हुने विद्युत्को लागत प्रतियुनिट २ रुपैयाँ १० पैसा पर्ने देखिएको छ । चौबिसै घन्टा सञ्चालन हुने आयोजनाबाट झन्डै ५ हजार गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । ‘आयोजना निकै नै सस्तो छ, चिलिमे मोडलमै बन्ने यो आयोजना तामाकोसीभन्दा पनि राम्रो छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यो आयोजनाबाट बुढीगण्डकीको भन्दा बढी विद्युत् उत्पादन हुन्छ ।’ आयोजनामा डेढ खर्ब रुपैयाँसम्म लगानी अनुमान गरिएको उनले बताए । ऊर्जामन्त्री वर्षमान पुनले ऊर्जामन्त्री भएको केही समयपछि नै जारी गरेको श्वेतपत्रमा यो आयोजना अघि बढाउने उल्लेख गरेका थिए । आयोजनाको डिटेल डिजाइन भइरहेको उनले बताए । डिपिआर हुँदै गरेको आयोजनाको सम्भाव्यता अध्ययनकै आधारमा टेन्डरमार्फत कन्सल्ट्यान्टहरू नियुक्त भइसकेका छन् । आयोजनाको पहुँचमार्गलगायत संरचना निर्माणका लागि टेन्डरमार्फत ठेकेदार नियुक्त भइसकेको उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: