Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

खोई त्यो बैसरी !

म्याग्दीको भगवती–२ को बैसरी र राम्चे–९ को फेदी बैसरी हेर्दा हेर्दै इतिहासमा परिणत भयो । आधा दर्जन भन्दा धेरै गाउँको व्यापारिक केन्द्रको रुपमा रहेको बैसरीको यतिबेला नाम निसाना नै मेटिएको छ । बेनी जोमसोम सडक खण्डमा दुई किनारमा टम्म मिलेर रहेको सानो, सुन्दर र रमाईलो बैसरी अब स्मृतीमा मात्र सिमित बनेको छ । गत जेठ ८ गते देखि खस्न सुरु गरेको पहिरोले १० गते आईतबार राती १ बजे  भिषण रुप लिँदा सुन्दर बैसरी क्षण भरमै बगर बन्यो । कसैको पनि कल्पनामा समेत नभएको घटनाले यतिबेला बैसरी सेताम्य मरुभूमि जस्तै बनेर पल्टीएको छ । २०३५ सालमा भगवती २ रीसीन चौतारीका रामप्रसाद केसीले राईखोरिया (बैसरीको पुरानो नाम) मा आएर बसोवास गर्न थालेपछि बैसरीको बस्ती प्रारम्भ भएको थियो । क्रमश उक्त स्थानमा एक घर दुई घर हुँदै हाल डेढ दर्जन घर भन्दा धेरै बस्ती बसिसकेको थियो । राम्चेमा पर्ने पारी बैसरीमा मानिसहरु पहिले देखि नै बस्दै आएका थिए । राम्चेको बैसरीमा बग्ने ठाडो खोलाको नाम बैसरी खोला भएकाले उक्त नामबाटै दुई वटै गाउँको नाम बैसरी रहन गएको हो । पहिले राइ खोरियाको नामबाट चिनिने उक्त ठाउँ पछिल्लो समय बैसरीको नामबाट परिचित भएको थियो । बैसरीमा बस्ती बसेसँगै उक्त स्थान व्यापारिक केन्द्रको रुपमा समेत परिचित बन्यो । मुक्तिनाथ, दामोदर कुण्ड र तिब्वती क्षेत्रमा बैसरी हुँदै जाने भएकोले पनि व्यापारिक केन्द्रको रुपमा प्रसिद्ध कमाएको थियो । त्यस्तै स्थानीय हिस्तान, औल, काफलडाँडा र घराम्दीलगायतका स्थानमा समेत बैसरी हुँदै जाने गरिन्छ । सानो बस्ती, सुन्दर र रमाईलो थियो बैसरीको बस्ती । तर प्रकृतिको कुदृष्टि परेपछि बैसरी भन्ने बस्ती कहाँ छ भनेर खोज्नु पर्ने भएको छ । गत आईतबार आएको भिषण पहिरोले सबै लग्यो, र छाड्यो त केवल विशाल मरुभूमि । बैसरीमा ३५ सालमा बस्ती बसेसँगै  व्यवसाय सुरु गरेका थिए रामप्रसाद केसीले । पहिले त उक्त ठाउँमा बेनीमा भन्दा पनि धेरै व्यापार हुने गर्दथ्यो । मुक्तिनाथ, दामोदर कुण्ड र स्थानीय मानिसहरुको बास बस्न बैसरीमा पुग्दथे । उनी भन्छन् – ‘मान्छेलाई खाना खुवाएर सकिँदैनथ्यो, साह्रै भीड हुन्थ्यो, मान्छेहरु कोही चौतारामा त कोही बाटो मै सुत्दथे ।’ सबै बैसरीमा रात एक बसेर आ– आफ्नो गन्तव्यतर्फ लाग्दथे । बेनी मुस्ताङ सडक खण्ड जोडिएसँगै उनको व्यापारमा केही कमी आयो । उनी होटेल मालिकदेखि गाडि मालिकसम्म बने । बैसेरीमा पक्की घरसमेत बनाएका थिए केसीले । विभिन्न गाउँबाट आएका मानिसहरुलाई भाडामा बस्न दिएका थिए । विशेष गरी हिस्तान, औललगायतका स्थानका मानिसहरुका लागि छिटो सवारी साधनको रुपमा प्रयोग हुँदै आएको ट्याक्सीका चालकहरुलाई आफ्नो होटेलमा राख्ने गर्दथे । अहिले शारीरिक रुपमा अवस्थ भएका राम केसीले केही दिन अगाडिसम्म पनि होेटेल व्यवसाय गरिरहेकै थिए । बैसरी हुँदै तलमाथि गर्ने मानिसहरुलाई खान बस्न परे मलाई सम्पर्क गर्नुस् है भन्दै थिए तर अहिले उनी आफै कहाँ खाने र कहाँ बस्ने भन्ने अवस्थामा पुगेका छन् । तर अहिले उनको त्यो घर कहाँ छ, केही पत्तो छैन ।  प्रकृति निष्ठुरी बन्यो उनलाई बेघर बनायो । सबैलाई आश्रय दिने केसीले अहिले आफू नै आश्रय खोज्दै हिँड्नु पर्ने अवस्था आएको छ । कथा केसीको मात्र होइन विगत ११ वर्षदेखि बैसरीमा व्यापार व्यवसाय गर्दै आएका भीमबहादुर कार्कीको पनि उत्तिकै दर्दनाक छ । भगवती १, २, बेगखोला, हिस्तान, काफलडाँडालगायतका स्थानका उनी अन्नदाता बनेका थिए । किराना सामानको विक्रेता थिए उनी । बेनीबजारको मूल्यमा सामान पाईने भएकाले पनि सबै मानिसहरुले बेनीबाट सामान नलगि उनकै पसलबाट लैजाने गर्दथे । १५\\१६ लाखको सामान थियो उनको पसलमा  । पहिरोले बस्ती छोड्न बाध्य बनायोे । तर यसरी उठीबास नै लगाउला भनेर सोचेका थिएनन् । गोदाममा भएका सबै किराना सामानलाई भूँईमा राखेर एक डेढ लाखको सामान झिकेर घरलाई पालले बेरे, पाललाई हावाले नउडाओस् भनेर डोरीले बाँधे । तर उनले बलियोसँग बाँधेको डोरी कहिले फुकाउनु परेन । पहिरो पीडित कार्कीले ‘हामी कसैको ज्यान गएन, तैपनि त्यो बस्ती माथि पहिरो बस्ती पु¥यो, यति भन्दै गर्दा पीडित कार्कीको आँखा रसाएको थियो  ।’ व्यापारबाट ६ जना छोराछोरीको लालनपालन र पठनपाठनको जोहो  गरिरहेका थिए । तर अब घर र बस्तीसँगै मेरो मनपनि पुरिएको छ, के गर्ने ? कसो गर्ने ? कुनै मेसो मिलेको छैन, कार्कीले सुनाए । उनी मात्रै होइन २७ घुरधुरी र भाडामा बस्ने मानिसहरुको अवस्था यस्तै भएको छ अहिले । मानिसहरु विचल्लीमा परेका छन् । कसले कतिबेला के राहत देला भनेर बस्नु पर्ने अवस्था सिर्जना भएको छ । करिब एकसय मिटर गहिरो र सातसय मिटर लामो ताल बनेको छ । विगत १३ वर्षदेखि बैसरीको बाटो हुँदै ट्याक्सी चलाएका घ बहादुर पुनले बैसरीबाट बेनी आउने मानिसहरुलाई दिनमा ४ पटकसम्म बोकेका थिए । साँझमा बैसेरीमा बसेर बिहान गाउँबाट झर्ने मानिसहरुलाई उनले धेरै पटक आफ्नो ट्याक्सीबाट बेनी ल्याईदिएका थिए । विभिन्न गाउँको केन्द्रको रुपमा रहेको बैसरीमा ट्याक्सीहरुले रामै्र कमाई गर्दथे । दिनमा झन्डै १० देखि १५ वटासम्म बैसरीबाट बेनी अप डाउन हुने गर्दथे । तर अहिले त्यो केन्द्र कहाँ छ ? कसैलाई पत्तो छैन । उनले बैसरीमा रात विताउने घर कहाँ छ उनलाई पनि थाहा छैन । बैसरी यस्तो थियो र उस्तो थियो भन्नु बाहेक हामी केही छैन भन्छन् अर्का ट्याक्सी चालक दिपक केसी । केराको लागि प्रसिद्ध थियो बैसरी बेनी जोमसोमा सिधा सवारी सञ्चालन भएसँगै बैसरीको होेटल व्यवसाय आझेलमा प¥यो । केही समय अगाडिसम्म पनि होेटेल व्यवसाय नभएको भने होइन तर पहिले जस्तो व्यापार थिएन । होटेलको विकल्पमा केरा व्यवसाय सुरु भएको थियो बैसरीमा । बैसरीको मुख्य आकर्षक भनेको केरा नै बनेको थियो । विभिन्न स्थानका मानिसहरु केरा किन्नकै लागि बैसरीसम्म जान्थे । म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका महासचिव तथा युवा व्यवसायी राजेश शाक्यले बैसरीमा पुगेपछि ५ दर्जन भन्दा बढी केरा किनेर आउँथे । ओमकुमारी शान्ति कोषका अध्यक्षसमेत रहेका शाक्यले बैसरीमा भएका मानिसहरुको मुख्य पेशा केरा विक्रि वितरण भएकोले उनीहरुलाई सोही व्यवसायमा पुर्नस्थापना गर्ने किसिमको राहतको व्यवस्था गर्नु पर्ने बताउँछन् । बैसरीका मानिसहरुको आय आर्जनको मुख्य स्रोत केराको व्यवसाय नै थियो । विभिन्न गाउँबाट खरिद गरी ल्याएका स्थानीय केराको व्यापारिक केन्द्र समेत थियो बैसरी । विभिन्न अवसर, चाडपर्व, विवाह, ब्रतबन्धलगायतका कार्यका लागि आवश्यक केरा खरिदका लागि मानिसहरु बैसरीमा पुग्ने गर्दथे । पछिल्लो समयमा केराको व्यवसाय फस्टाउँदै गएको थियो बैसरीमा । होटेलसँगै केराको व्यवसाय गरेका थिए स्थानीयहरुले । दर्जनौैं केराको माग हुने गर्दथ्यो बैसरीमा । तर अब त्यो केराको व्यापारिक केन्द्र बैसरी रहेन । गाउँको भग्नावशेष खोज्नलाई समेत थुप्रै मिटर खन्नु पर्छ । अब त्यो केरा पाईने बैसरी कहिल्यै नआउने गरी गएको छ । बैसरीमा स्थानीय जातका गुणात्मक केराहरु पाईन्थे भन्नु शिवाय हामीसँग अरु केही रहेन । यसरी पुरीयो क्षण भरमै बैसरी बैशाख १२ गते आएको विनासकारी भूकम्पले राम्चे ९ काफलडाँडाको पहाडलाई हल्लाउनसम्म हल्लाएको थियो । त्यसपछि उक्त पहाड चिरिएको छ भन्ने खबर गाउँलेले पाएका थिए । त्यसपछि उनीहरुलाई त्रासले छोप्यो तर यसरी बस्ती नै सखाप पार्ला भनेर कसैले सोचेका थिएनन् । जेठ ८ गतेबाट उक्त पहाडबाट विस्तारै धुलो उड्न थाल्यो, बेलाबेलामा स–साना ढुंगा खस्न थाल्यो । त्यसपछि केही मानिसहरुले घर खालीसमेत गरे । त्यसपछि जेठ ८ गते शुक्रबार विहानै ठूलो पहिरो गयो काली गण्डकी नाघेर बैसरीका पाँच घरलाई क्षति पु¥यायो । जिल्लाबाट पुगेको टोलीले उक्त स्थानमा नबस्न अनुरोध गरेपछि सबै घरहरु खाली गरी ८ गतेको रात त्रिपाल मुनि बिताए । ९ गते पनि दिनभरी सामान्य रुपमा पहिरो खसीरह्यो । स्थानीय बस्ती छोडेर नजिकैको सुरक्षित स्थानमा थिए । आईतबार राति १ बजेको थियो । ५० देखि ७० जना मानिहरु सुतेका थिए केही युवाहरु कुराकानी नै गरिरहेका थिए । सोही बेला स्वाँवा.... गर्दै आवाज आयो र ड्याङ्ग गर्दै पहाड खस्योे । धुलोको मुस्लो आयो सबैलाई पु¥यो । रातको समय भागाभाग भो विजुली नभएकाले स्थानीयहरुलाई निकै समस्या भयो । तर पनि बल्ल तल्ल गरी माथि डाँडामा पुगे । पहिरो गएलगत्तै स्थानीय युवा राम केसीले प्रहरी र पत्रकार महासंघका अध्यक्ष सुरत केसीलगायतका मानिसहरुलाई फोनमार्फत जानकारी गराए । राति नै सबै घटना स्थलमा आउन थाले । रातको समयमा केही देखिएन । सबैभन्दा पहिले घटनास्थलमा पुगेका पत्रकार महासंघ म्याग्दीका अध्यक्ष  केसी भन्छन– ‘धुलोका कारण टर्च लाईटले समेत उज्यालो दिन सकेन ।’ स्थानीय   केसी भन्छन् – ‘रातमा केही देखिएन, बिहान घटना स्थलमा आएर हेर्दा सबै सेतो देखिन्थ्यो, हामीले त कुहिरो होला भनेर सोेचेका थियौं’, उनले थपे–‘जब मिर्मिरे उज्यालो भो अनि बल्ल थाहा भो त्यो त बैसरीलाई पुरेर बनेको मरुभूमि पो रहेछ ।’ यसरी केही क्षण मै बैसरी गाउँ इतिहास बन्यो । मानिसहरुले आफ्नो सर्वस्व गुमाए । पुरानो बैसरीको बस्ती माथि काफलडाँडाको पहिरो खसी विशाल मरुभूमि बनेको छ । यहाँनेर थियो बैसरी भन्नु बाहेक हामीसँग अरु केही रहेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies