Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अरिगांललाई किन मान्छेहरू मन पराउँदैनन् ? यसो भन्छन् अनुसन्धानकर्ता

सर्वसाधारण मानिसहरूले मौरीलाई धेरै मन पराउने तर बारुला र अरिङ्गाललाई घृणा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ ।

सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बारुला र अरिङ्गालजस्ता कीरा पर्यावरणीय दृष्टिकोणले मौरीजत्तिकै महत्त्वपूर्ण हुने र मानिसहरूको सो मान्यता उचित नभएको जनाएका छन् । वैज्ञानिकहरूका अनुसार बारुला र अरिङ्गालको बिग्रिएको छवि सुधार्न एउटा अभियान नै चलाउनुपर्ने आवश्यकता छ । मौरी संरक्षणका लागि चालिएका कदमजस्तै ती कीराहरूका लागि पनि केही गर्नुपर्ने उनीहरू बताउँछन् । छयालीस देशका ७५० व्यक्तिमाझ गरिएको सो सर्वेक्षण \'इकलजिकल एन्टमलजी\' जर्नलमा प्रकाशित भएको छ । सो अध्ययनअनुसार धेरै दुख्ने गरी चिल्ने हुँदा बारुला र अरिङ्गाललाई थौरैले मन पराउँछन् । \"\" सो सर्वेक्षणमा सहभागीहरूलाई -५ देखि +‍५ सम्मको क्रममा विभिन्न कीराहरूलाई राख्न लगाइएको थियो। धेरै मन पर्ने कीरालाई +५ र धेरै मन नपर्नेलाई -५ मा राख्नुपर्थ्यो । अधिकांश व्यक्तिले मौरीलाई +३ वा त्यो भन्दा माथिल्लो क्रममा राखे भने अरिङ्गाल जातका कीराले ठिक विपरीत -३ वा त्योभन्दा तलको स्थान पाए । मौरीसँग सम्बन्धित वस्तु के हुन् भनेर सोधिँदा धेरैले \'मह\', \'फूल\' र \'परागसेचन\' सम्झे। अरिङ्गालबारे सोध्दा चाहिँ धेरैले \'खिल\', \'रिसउठ्दो\' र \'खतरनाक\' सम्झे । तर बारुला र अरिङ्गालले पनि फूलमा परागसेचन गर्छन् र अन्य हानिकारक कीरालाई मारिदिन्छन्। पर्यावरणमा ती मौरीसमान उपयोगी छन् । सो अध्ययनको नेतृत्व गरेकी युनिभर्सिटी कलेज लन्डनकी डा. सिरियान सम्नरका अनुसार अरिङ्गालहरूको नराम्रो छवि बनेको छ । तिनको योगदान र पर्यावरणीय महत्त्वबारे थाहा नभएकाले सर्वसाधारणहरू बारुला र अरिङ्गाललाई रुचाउँदैनन् । \"\" डा. सम्नर भन्छिन्, \"मानिसहरूलाई ती कति उपयोगी छन् भन्ने थाहै छैन ।\" उनका अनुसार अरिङ्गालहरू मानिसको खानेकुरावरिपरि देखिए पनि तिनले आफ्नो गुँडमा भएका बच्चालाई खुवाउन अरू कीराको सिकार गर्न खोजेका हुन्छन् । डा. सम्नरले पर्यावरणमा अरिङ्गालले पार्ने सकारात्मक प्रभावबारे पर्याप्त अनुसन्धान नभएको औँल्याएकी छन् । उनले गत ३७ वर्षमा मौरी र अरिङ्गालबारे प्रकाशित शोधपत्र र १६ वर्षमा विभिन्न सम्मेलनमा प्रस्तुत गरिएका वैज्ञानिक सामग्रीको विश्लेषण गरेकी छन् । सङ्कलित ९०८ शोधपत्रमध्ये सन् १९८० देखिका २.४ प्रतिशत शोधपत्र मात्रै अरिङ्गालबारे र बाँकी सबै (८८६) मौरीबारे छन् । \"\" बीस वर्षदेखिका वैज्ञानिक सम्मेलनमा प्रस्तुत २,५४३ शोधका सारांशको ८१.३ प्रतिशत मौरीबारे छ । सो सर्वेक्षणमा सहभागी युनिभर्सिटी अफ फ्लोरेन्सका डा. आलेस्सान्द्रो चिनीका अनुसार पर्याप्त अध्ययन नभएकाले वासस्थान विनाश र मौसम परिवर्तनका कारण घट्न थालेका बारुला र अरिङ्गालजस्ता कीराको संरक्षणको नीति बनाउन विलम्ब भएको छ । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending