Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

चिहान भएको गुफामा भेटियो प्राचीन भट्टी र मदिरा

अनुसन्धानकर्ताहरूले इजरेलको हाइफास्थित एउटा प्रागैतिहासिक गुफामा मदिरा बनाउने सबैभन्दा पुरानो भट्टी फेला पारेका छन् ।

त्यहाँ १३ हजार वर्षअघि अन्न कुहाएर बनाइएको मदिराको अंश पनि भेटिएको छ । अर्धफिरन्ते सिकारीहरूको चिहानको अध्ययन गर्ने क्रममा त्यहाँ प्राचीन भट्टी भेटिएको हो । यसअघि पाँच हजार वर्षदेखि मात्र अन्न कुहाएर मदिरा बनाउन थालिएको भन्ने मान्यता थियो । तर यो नयाँ प्रमाणले मदिराको इतिहासमा परिवर्तन हुने देखिन्छ । रोटी बनाउँदा मात्रै मदिराको उत्पादन हुन्थ्यो भन्ने पुरानो मान्यतालाई पनि यसले फेरिदिनेछ । तर अनुसन्धानकर्ताहरूका अनुसार रोटी पहिला कि मदिरा पहिला बनाउन थालिएको हो त्यो भन्न चाहिँ गाह्रो छ । \'जर्नल अफ आर्किअलजिकल साइन्स: रिपोर्ट्स\' को अक्टोबर अङ्कमा प्रकाशित लेखमा मदिरा मृतकको सम्मानमा आयोजना हुने भोजका लागि बनाइने गरेको तर्क गरिएको छ । \"यो मानवनिर्मित सबैभन्दा पुरानो मदिरा भएको प्रमाण हो,\" अनुसन्धानको नेतृत्व गरेकी स्यान्फर्ड विश्वविद्यालयकी प्राध्यापक ली लिउले स्यान्फर्ड न्यूजलाई बताइन् । लिउका अनुसार अनुसन्धानकर्ताहरूले अहिले ती नटुफियन मानिसहरूले कस्ता वनस्पति खान्थे भनेर खोजी गर्दैछन् । नटुफियनहरू पुरापाषाणयुगदेखि नवपाषाणयुगसम्म अस्तित्वमा थिए । अनुसन्धानकर्ताहरूले गहुँ र जौबाट बनेको मदिराका अंश गुफाभित्र ढुङ्गाको सतहमा बनाइएका खोबिल्टामा भेटेका थिए । त्यही अंशको वैज्ञानिक विश्लेषण गरिएको थियो । साठी सेन्टिमिटरसम्म गहिरा ती खोबिल्टाहरू ओखलका रूपमा, अन्नपात भण्डार गर्न, ओट, दाल एवम् बोटबिरुवाबाट सङ्कलित रेसा जस्ता सामग्री पिस्न र पकाउन प्रयोग गरिन्थ्यो । प्राचीन मदिरा लेदो हुन्थ्यो। हिजोआज उत्पादन गरिने बियरभन्दा यो धेरै भिन्न देखिन्थ्यो भन्ने आकलन गरिएको छ । अनुसन्धानटोलीले प्राचीन मदिराजस्तै पदार्थ बनाएर गुफामा भेटिएको अवशेषसँग तुलना गरेको छ । त्यसका लागि अन्नलाई उमारेर त्यसबाट माड बनाइयो र पिसिएको लेदोलाई तताइयो। त्यसमा यिस्टयुक्त मर्चा हालेर फर्मेन्टेशन गराइयो । त्यो प्राचीन मदिरा भने आधुनिक बियरभन्दा सम्भवत: दुर्बल थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending