Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

न्यायाधीशमाथि याैन दुर्व्यवहारको अारोप लगाउने प्राध्यापकलार्इ कसले दियो ज्यानमार्ने धम्की ?

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ब्रेट क्याभानोलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले अर्को साता सिनेटमा हुने बयानमा आफू सहभागी नहुने बताएकी छन् ।

क्रिस्टिन ब्लाजे फोर्डकी वकिल लिजा ब्याङ्क्सले आफ्नो सेवाग्राहीले ज्यानमार्ने धम्की र दुर्व्यवहारको सामना गरिरहेको सिएनएनलाई बताएकी हुन् । फोर्डले संसदमा जानुअघि आफूले लगाएको आरोपबारे संघीय जाँच ब्यूरो एफबीआइले अनुसन्धान गरोस् भन्ने चाहेको लिजाले बताइन् । आफूमाथिको अभियोग अस्वीकार गरेका क्याभानोले भने दोस्रो दिन पनि ह्वाइट हाउसका अधिकारीहरूलाई भेटेका छन् । यौन दुर्व्यवहार गरेको आरोप लागेका ब्रेट क्याभानोबारे आफूलाई नराम्रो महसुस भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । क्याभानोलाई ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरेका छन् । क्यालिफोर्नियास्थित विश्वविद्यालयमा प्राध्यापक रहेकी क्रिस्टिन ब्लाजे फोर्डले सन् १९८० को दशकमा आफूलाई क्याभानोले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनको उक्त आरोपबारे सुनुवाइका लागि आउँदो सोमबार अमेरिकी सिनेटमा समय तय गरिएको छ । तर आरोप लगाइएको उक्त घटनाका एक सम्भावित साक्षी क्याभानोका हाइस्कुलका साथीले भने यो विषयमा आफू सार्वजनिक रुपमा बोल्न नचाहने बताएका छन् । फोर्डले आफू किशोरी हुँदा क्याभानोले आफूलाई उनको कोठामा जबर्जस्ती लगेको र लुगा खोल्ने प्रयास गरेको बताएकी छन् । उक्त घटनाको साक्षी भनिएका क्याभानोका साथी मार्क जजले आफूलाई त्यसबारे कुनै सम्झना नभएको बताएका छन् । जजले प्राध्यापक फोर्डले ब्याख्या गरेजस्तो ब्रेटको व्यवहार आफूले कहिल्यै त्यस्तो नदेखेको पनि बताए । डोनल्ड ट्रम्पले भने क्याभानो अहिले जस्तो परिस्थितिबाट गुज्रिरहेका छन् त्यो हुन नहुने भन्दै आफूले उनीबारे नराम्रो महसुस गरिरहेको बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending