Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

द्वन्द्वकालमा भागेका सैनिकलाई जन्मकैदको फैसला

काठमाडौं। द्वन्द्वको समयमा भागेको आरोपमा नेपाली सेनाको समरी जनरल सैनिक अदालतले एक सैनिकलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । त्यसविरुद्ध पीडित परिवारले सर्वोच्च अदालतमा रिट दायर गर्नुका साथै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ९ कालिकोटको शुभकालिका गाउँपालिका–५ सुकाटियाका सिंहबहादुर शाहीलाई १४ वर्षपछि जन्मकैदको फैसला सुनाइएको हो । समरी जनरल सैनिक अदालतले १९ वैशाखमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । फैसलामा शत्रुसम्बन्धी कसुर ऐनअन्तर्गत दोषी ठहर गरिएको जनाउँदै सर्वस्वसहित जन्मकैद, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गर्ने उल्लेख छ । त्यस्तै, उनले हिनामिना गरेको तीन थान म्यागजिनको एक सय ८२ रुपैयाँ ९६ पैसाका दरले पाँच सय ४८ रुपैयाँ ८८ पैसा तथा ६० राउन्ड काट्रिजको २४ रुपैयाँ ५० पैसाका दरले एक हजार चार सय ७० रुपैयाँ सजाय सुनाएको छ । तारादल गणका कार्यरत उनलाई १८ पुस, ०६१ मा धादिङको चरौदीमा अप्रेसनमा खटिएका वेला एउटा इन्सास राइफल, तीन म्यागजिन र त्यसको ६० राउन्ड काट्रिज लगेर भागेको आरोप छ । त्यही आरोपमा गत ७ फागुनमा घरबाटै पक्राउ गरिएको उनका दाइ नन्दबहादुर शाहीले बताए । तर, समरी जनरल सैनिक अदालतले भने ९ वैशाखदेखि थुनामा रहेको जनाएको छ । र, त्यही दिनदेखि कैद गणना गर्न कारागारलाई पत्राचार गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending