Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

झिनो आशा बोकेर फर्के निर्मलाका आमाबाबु

काठमाडौं। १३ वर्षीया छोरीको बलात्कार र हत्या भएको ५० दिन नाघ्दा पनि अपराधी किन समातिएनन् रु सक्कली अपराधी लुकाउने उद्देश्य छैन भने शृंखलाबद्ध रूपमा नक्कली अभियुक्त किन खडा गरिएको छ ? सिंगो देश एकजुट भएर आवाज उठाउँदा, सडकमा रगत बगाएर बलिदानी दिँदा पनि सरकार जवाफदेही हुँदैन भने बोल्नै नसक्ने निमुखाले न्याय कसरी पाउलान् रु यिनै प्रश्नको भारी प्रधानमन्त्रीको अगाडि बिसाएर जवाफमा केही आशा र आशंका बोकी घर फर्किएका छन् निर्मलाका बाबुआमा । विमानस्थलमा बाबु यज्ञराज र आमा दुर्गादेवी यो खबर आजको नयाँ पत्रिकामा छ ।राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं आइपुगेका थिए निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज । काठमाडौं आएकै दिनदेखि प्रधानमन्त्रीलाई भेट्न गरेको प्रयास फर्कने दिन सोमबार मात्र सफल भयो । प्रधानमन्त्रीसँग भेट मिलाउने जिम्मा लिएकी नेकपा नेतृ निरु पाल नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीसँग निरन्तर सम्पर्कमा थिइन् । ‘हामीले यहाँ आएकै दिनबाट प्रधानमन्त्रीलाई भेट्न खोज्यौँ, निरुजीले फोन गरेर प्रधानमन्त्रीले पनि भेट्न चाहेको भन्नुहुन्थ्यो, तर भेट हुँदैनथ्यो, आइतबार अब भेट नहुने हो भने हामी हिँड्छौँ भनेपछि उहाँले सोमबारका लागि समय मिलाउनुभयो,’ मीनाले भनिन् । राष्ट्रपतिसँगको भेटको पहल पनि निरुले नै गरेकी थिइन् । मंगलबार भेट्ने समय मिलेको जानकारी उनले नै दिएकी थिइन् । ‘मंगलबार राष्ट्रपतिले भेट्नुहुन्छ, समयचाहिँ तोकेको छैन, तपाईंहरू प्लेनको टिकट क्यान्सिल गर्नू भनेर हामीलाई निरुजीले जानकारी गराउनुभएको थियो,’ मीना भन्छिन् । तर, आइतबार प्रधानमन्त्रीसँगको भेट असहज भएपछि राष्ट्रपतिसँग हुने भनिएको भेट अचानक रद्द भयो । ‘राष्ट्रपति पनि छोरीकी आमा हुनुहुन्छ, त्यसैले उहाँलाई आफ्नो व्यथा सुनाएर मन हलुका बनाउने धोको थियो, आश्वासन पनि पाएका थियौँ, तर अन्तिममा उहाँको समय छैन, १० दिनसम्म व्यस्त हुनुहुन्छ भन्ने जानकारी आयो, धोको अधुरै रह्यो,’ घर फर्किंदै गरेकी आमा दुर्गाले विमानस्थलमा दुःखेसो पोखिन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending