Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

रोनाल्डेले गरे २ गोल, ह्याट्रिकबाट यसरी चुके

एजेन्सी। पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी ए फुलटबमा पहिलो २ गोल गरेका छन् । नौ वर्ष रियल मड्रिड छाडेर ११२ मिलियन युरोमा यो सिजन इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले लिगका तीन खेल सकिँदासम्म पनि गोल गर्न सकेका थिएनन् । युभेन्टसका लागि रोनाल्डोले गोल गर्न नसक्दा उनी आउँदा उत्साहित भएका फ्यानमा निराशा छाएको थियो । तर रोनाल्डोले सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा गोलको खडेरी तोडेका हुन् । उनले सासुओलेको खेलमा दुई गोल गरे । घरेलु मैदानमा भएको खेलमा युभेन्नटसले सासुओलोलाई २-१ ले हरायो । युभेन्टसका लागि दुवै गोल रोनाल्डोले गरेका हुन् । सासुओलोका लागि बाबाकारले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५० औँ मिनेटमा रोनाल्डोले सिरी ए मा आफ्नो पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको १५ मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । तर रोनाल्डोले दुई गोल गरिसकेकाले टिमको लगातारको जित यात्रा भने कायम रह्यो । लगाचार चौथो जित दर्ता गरेको युभेन्टसको १२ अंक भएको छ । रोनाल्डो ह्याट्रिकबाट यसरी चुके रोनाल्डोका लागि आइतबारको रात राम्रो देखिएको थियो । उनले अन्तिम तिर ह्याट्रिक गर्ने बलियो सम्भावना देखाएका थिए अन्तिममा उनले साह्रै सजिलो मौका खेर फाले । पेनाल्टी एरियाबाट गरेको उनको प्रहारले गोलको दिशा दिन सकेन र रोनाल्डो ह्याट्रिकबाट चुके । रोनाल्डोले गोल गर्नुअघि यो सिजन सिरी ए मा गोल बिहीन ३२० मिनेट मैदानमा बिताए । सासुओलोसँगको खेलको ५० औँ मिनेटमा गरेको गोलले रोनाल्डोको पर्खाई तोड्यो र सँगै रोनाल्डोको गोल हेर्न लालायित युभेन्टस फ्यानहरुको पनि । उनले २८ औँ प्रयासमा गोल गर्न सकेका हुन् । रोनाल्डो पहिलो हाफमा निकै निराश देखिएका थिए । उनले खेलको छैटौँ मिनेटमा गोलका लागि प्रयास गरेका थिए तर सफल हुन सकेनन् । रोनाल्डोको पहिलो गोल रंगशालमा रहेका सबै फ्यानले निकै सेलिब्रेट गरे । रोनाल्डोको पहिलो गोलको साक्षी बन्नका लागि उनकी प्रेमिका र जेठो छोरा पनि गएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies