Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

संसदमा चुरे विनासदेखि चिकित्सक अभावसम्मका कुरा

काठमाडौँ। प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन, पूर्वाधार निर्माणमा देखिएको लापरवाही र स्वास्थ्य सेवा विस्तारलगायतका विषय उठाए । बैठकमा सांसद अग्निप्रसाद सापकोटाले भूकम्पले क्षति पु¥याएको खासा क्षेत्रका चीनले सडकको पुनःनिर्माण गरिरहेको हुँदा भत्किएको मितेरीको स्थानमा बेलीब्रिज राखेर पनि यातायात सञ्चालन गर्न सकिने सङ्केत गरेको हुँदा नेपालतर्फको सडक तीव्र गतिमा मर्मत गर्नेतर्फ ध्यान दिन सरकारसँग आग्रह गरे । सांसद गगनकुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्छु भन्ने सरकारका मन्त्रीको पछिल्ला काम कारवाहीले सोच र क्षमतामै प्रश्न लागेजस्तो अनुभूति भएको टिप्पणी गरे । सांसद आशा विकले लामो समयदेखि बझाङ जिल्लामा विशेषज्ञ चिकित्सको अभाव रहेकाले तत्कालै त्यहाँ विशेषज्ञ चिकित्सक पठाउने व्यवस्था गर्न अनुरोध गरे । सांसद इन्दुकुमारी शर्माले विकासको नाममा चुरे क्षेत्रमा अत्यधिकरुपमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन रोक्न माग गर्दै यसबाट तराई–मधेश क्षेत्रमा निम्त्याउन सक्ने विनासप्रति सजग रहन चेतावनी दिए । सांसद उमाकान्त चौधरीले जिल्ला सदरमुकामबाट पाउने सुविधा स्थानीय तहबाटै पाउनुपर्छ भनी शुरु गरिएको बाराको निजगढ, कोहल्वीलगायतका क्षेत्रमा विस्तार गर्न माग गरे । सांसद उमाशङ्कर अरगरियाले वर्षौं अघिदेखि शुरु भएको हुलाकी सडक निर्माणलाई ठेकेदारले मात्र होइन सरकारले समेत बेवास्ता गरेको भनी गुनासो व्यक्त गरे । सांसद कुमारीतुल्सी थापाले बर्दियाको बाँसगढीमा रहेको ३६७ घरधुरी जनताले जग्गाको लालपूर्जा प्राप्त गर्न नसक्दा उनीहरु स्वास्थ्य, शिक्षा र रोजगारीबाट समेत वञ्चित हुनुपरेको घटना सुनाए । सांसद कृष्णकुमार श्रेष्ठले विस्तारै नेपालीका महान् चाड दशैँ तिहार शुरु हुने अवस्था आइसक्दासमेत उपत्यकाबाट यात्रु बाहिरिने नागढुङ्गा–नौबिसे खण्ड निकै जर्जर अवस्थामा रहेकाले तत्काल सुधारमा ध्यान दिइयोस् भने । सांसद कृष्णप्रसाद दाहालले समृद्ध नेपाल र सुखी नेपालका लक्ष्य हासिल गर्न एक अर्काप्रति औँला ठड्याउनुको साटो एकतावद्ध भएर काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । सांसद कृष्णकुमार राईले मुलुकको राजधानीका सडकको अवस्था निकै दयनीय हुँदा जनप्रतिनिधि भनेर आफूलाई टाउको ठड्याएर हिँड्नसमेत लाज लागेको बताए । सांसद कृष्णभक्त पोखरेल भरतपुर मेडिकललाई अस्पताल केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गरे । सांसद खगराज अधिकारी केही दिनअघि बेगनास तालमा डुङ्गा दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । सांसद गणेशकुमार पहाडी सिन्धुली जिल्लाको चदाहा खोलामा आएको बाढीले ६५ घर र विद्यालय पनि कटानको जोखिममा परेकाले तत्काल तटबन्धको व्यवस्था गर्न माग गरे । सांसद गणेशसिंह ठगुन्नाले भदौ २८ गते बस दुर्घटनामा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै त्यस क्षेत्रमा सडक दुर्घटना रोक्न सडक सुधार र लामो दूरीका सवारी साधनमा दुईवटा चालकको व्यवस्था गर्न माग गरे । सांसद गोपाल बलले पछिल्लो समय अत्यावश्यक खाद्यान्नमा अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै विदेशीले उपलब्ध गराएको चामलमा मूल्यवृद्धि गर्नुपर्ने कारणबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराए । सांसद गङ्गा चौधरीले सत्गौवा थारुको मुलुक धार्मिक निरपेक्ष घोषणा भइसकेपछि सबै जातजाति र धर्मलाई समानरुपले हेरी सार्वजनिक बिदाको व्यवस्था गर्न माग गरे । सांसद घनश्याम खतिवडाले मोरङको लेटाङ, उल्र्लाबारी–मधुमल्ला जोड्ने सडक वर्षाका कारण जीर्ण भएकाले तत्काल सुधार गर्न माग गरे । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानकुमारी छन्त्यालले बालगुङमा बडिगाड खोला थुनिँदा वरपरका बस्ती कटान गर्ने खतरा देखिएकाले दीर्घकालीन समस्या समाधानको उपाय खोज्न सरकारको ध्यानाकर्षण गराए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending