Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

४० बोरिङमा मन्त्री बिनाको छड्के अनुगमन

काठमाडौं । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका ४० वटा बोरिङ र ती बोरिङबाट पानी सप्लाई गर्ने ट्याङ्करहरुमा छड्के अनुगमन गरेको छ । शनिबार बिहान खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोलीले उपत्यकाका ४० बोरिङ र सयौं ट्याङ्करहरुको छड्के अनुगमन गरेको हो । मन्त्रालयले ५ वटा टोली बनाएर उपत्यकाका बोरिङ र ट्याङ्करहरुको अनुगमन गरेको थियो । मन्त्री मगरले गोदावारी, हरिसिद्धी, सिद्धी विनायक, बाँसबारी लगायतका स्थानमा रहेका बोरिङ र पानी ओसार्ने ट्याङ्करहरुको निरीक्षण गरेकी हुन् । मन्त्रालयको टोलीले चावहिल, गौशाला, बालाजु, चोभार, ठूलोभ¥र्याङ, जोरपाटी लगायत उपत्यकाका विभिन्न स्थानमा रहेका बोरिङ र ट्याङ्करहरुको छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा ४० प्रतिशत ट्याङ्करहरुले तोकिएको मापदण्डअनुसार स्टिकर नटाँसेको पाइएको छ । मन्त्रालयले पिउने पानीका लागि निलो स्टिकर, घरायसी प्रयोजनका लागि प्रयोग गरिने पानीका लागि हरियो स्टिकर र अन्य प्रयोजनको पानीका लागि पहेंलो स्टिकरको व्यवस्था गरेकोमा ४० प्रतिशत ट्याङ्करहरुले स्टिकरको प्रयोग नगरेका हुन् । अन्य प्रयोजन र घरायसी प्रयोजनका लागि प्रयोग हुने पानी पिउने पानी भन्दै बेच्न थालिएको सूचनाका आधारमा मन्त्रालयले बोरिङ र ट्याङ्करहरुको छड्के गरेको हो । छड्केका क्रममा सरकारको मापदण्ड पूरा नगर्ने केही बोरिङ र ट्याङ्करहरुका कागजात टोलीले नियन्त्रणमा लिएको छ । टोलीले सरकारले तोकेको स्टिकर प्रयोग गर्न र जुन प्रयोजनका लागि अनुमति लिइएको हो, त्यही प्रयोजनका लागि मात्र पानीको बिक्री, बितरण गर्न सम्बन्धित बोरिङ र ट्याङ्करहरुलाई चेतावनीसमेत दिएको छ । अनुगमनका क्रममा स्थानीयले बोरिङ र ट्याङ्करहरुले फोहोर पानी बेचेको, प्रशोधन नगरेको, मसानघाटको पानी सिधै ट्याङ्करमा भर्ने गरेको मन्त्री मगरसँग गुनासो गरेका थिए । अनुगमनपछि पत्रकारहरुसँग बोल्दै मन्त्री बिना मगरले सरकारले तोकेको मापदण्ड पूरा नगर्ने बोरिङ र ट्याङ्करहरुलाई कार्वाही गर्ने बताइन् । मन्त्री मगरले भनिन्, ’सरकारले बोरिङको पानीबारे जुन व्यवस्था गरेको छ, त्यो सबैले लागू गर्नुपर्छ । हामी सबै नेपालीले शुद्ध र गुणस्तर पानी सुलभ मूल्यमा प्राप्त गरुन् भन्नेमा छौं । जसले मान्दैन, त्यो कार्वाहीमा पर्छ । हामी नियमित अनुगमन गर्छौं र उपभोक्ता अधिकारको संरक्षण गर्छौं ।’ मन्त्री मगरले खानेपानी ऐन नहुँदा पनि बेथिति नियन्त्रण गर्न चुनौति भएको बताइन् । उनले भनिन्, ‘हामीसँग अहिलेसम्म पिउने पानीसम्बन्धि ऐन छैन, यसले पनि कतिपय बेथिति समाधानका लागि चुनौति बनेको छ । हामीले खानेपानी सम्बन्धि छुट्टै ऐनको मस्यौदा तयार गरेका छौं, त्यो पारित भएपछि उपभोक्ता अधिकार थप सशक्त हुनेछ ।’ जार र बोतलको पानीको क्षेत्राधिकार खानेपानी मन्त्रालय मातहत नहुँदा पनि समस्या आएको मन्त्री मगरले बताइन् । उनले थपिन्, ‘हामीले बोरिङ र ट्याङ्करको पानीको मात्र अनुगमन गरिरहेका छौं । जार र बोतलको पानी हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, त्यसलाई पनि खानेपानी मन्त्रालय मातहत ल्याएर शुद्ध खानेपानीको व्यवस्थापन गर्न हामीले प्रयत्न गरिरहेका छौं ।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending