Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अाखिर किन भयो विप्लवको पार्टीमा जता हेर्यो त्यतै गञ्जागोल ?

काठमाडाैं । माओवादी आन्दोलनको एउटा हिस्सा बन्न खोजेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको ’नेपाल कम्युनिष्ट पार्टी’ गम्भीर संकटमा देखिएको छ । पार्टी संकटमा पर्नुका पछाडि राज्य या बाह्य शक्तिबाट परेको दबाब मात्रै देखिन्न । बरु आन्तरिक अन्तर्संघर्ष पार्टी समस्यामा पर्नुको मुख्य कारण बनेको घटनाक्रमहरुले देखाएका छन् । कम्युनिष्ट पार्टीको जीवनमा उतारचढाव आउनु स्वभाविकै हो । त्यसमा पनि मित्रतापूर्ण अन्तरविरोधकै बलमा पार्टीको जीवन हुर्किन्छ पनि । तर अहिले पछिल्ला केही घटनाहरु हेर्दा विप्लव माओवादीभित्रको संघर्ष मित्रतापूर्ण देखिँदैन । पार्टीमा लामो समयदेखि सक्रिय रहेकाहरुको समेत निश्काषन गर्नुपर्ने अवस्था आउनुबाट पार्टीभित्र ‘गञ्जागोल’को अवस्था सिर्जना भएको अनुमान गर्न सकिन्छ । केही समयअघि सरकारले विप्लव नेतृत्वको पार्टीको केही जिम्मेवार र उपल्लो तहका नेताहरुलाई पक्राऊ गऱ्यो । यिनीहरुमा सबैभन्दा बढी चर्चामा प्रवक्ता प्रकाण्ड रहे । प्रकाण्डलाई चन्दा असुलीको अभियोग लगाएर प्रहरीले मुद्दा चलाएपछि अदालतले रिहाईको आदेश दियो । तर अदालत परिसरबाटै फेरी प्रकाण्डलाई थुनियो । यो क्रमले निरन्तरता पायो । उनी कहिले नुवाकोट, कहिले दाङ, कहिले काठमाडौं ल्याइए । प्रकाण्डसँगै अन्य नेताहरु पनि पक्राउ परे । प्रकाण्डको गिरफ्तारीपछि पूर्व माओवादी वृत्तबाट सरकारको आलोचना पनि भयो । तर यही बीचमा पार्टीले मिडिया संगठनका केही पदाधिकारीलाई सूचना चुहाएको र संगठनको हितविपरित कार्य गरेको भन्दै कार्वाही गरेको विज्ञप्ती सार्वजनि गऱ्यो । संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल, सुदिप बर्देवा र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्व विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको भन्ने विज्ञप्ती पार्टीले जारी गरेपछि पार्टीभित्रका कैयन पक्षहरुसतहमा देखिन शुरु भएका हुन । \"\" एकातिर प्रकाण्ड लगायतका नेताहरु पक्राऊ पर्नु र अर्कोतर्फ आफ्नै भित्रका जिम्मेवार नेताहरुलाई कार्वाही गरिनुबीच कतै न कतै तादाम्यता त छैन भन्ने प्रश्न जन्मिनु स्वभाविकै हो । मिडियामा प्रकाशित भएका समाचारहरु हेर्दा यसका दुईवटा पक्ष देखिन्छन् । पहिलो, यो बीचमा विप्लव र प्रकाण्डबीचको अन्तरविरोधका कारण प्रकाण्ड पक्राउ परेको भन्ने अपुष्ट गरिएको समाचार सार्वजनिक भयो । विगतमा बाबुरामका कारण मोहन वैद्य र सिपी गजुरेल पक्राऊ परेको भनिएजस्तै यसपटक विप्लव समर्थकहरुका कारण प्रकाण्ड पक्राउ परेका हुन भन्ने समाचारको आशय थियो । यदि यो समाचार साँचो हो भने अहिले निष्काशन गरिएका सञ्चारकर्मी नेताहरु कतै न कतै प्रकाण्डको गिरफ्तारीसँग जोडिएर कार्वाही गरिएको हुनुपर्छ । यद्यपी जुन नामहरु निष्काशित भएका छन, तिनीहरुलाई खासमा कुन कुरामा असहमति भएर कार्वाही गरिएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन । न त उनीहरुले नै केही बताएका छन् । अर्को कुरा, पार्टीभित्र गम्भीर अन्तरविरोध प्रकाण्डसँग मात्रै सीमित छैन भन्ने पनि पछिल्ला घटनाक्रमले देखाउँछन् । विप्लव माओवादीभित्र आर्थिक अनुशासन र संगठनात्मक अराजकता समस्या हो भन्ने कुरा टिप्पणी हुने गर्दछ । कतिपय स्थानमा पार्टीभित्र आर्थिक अराजकताले ठूलै समस्या भएको दुई तीन वर्ष अघि नै सार्वजनिक भएको कुरा हो । अर्कोतर्फ विप्लवलाई परित्याग गरेर पूर्व माओवादी केन्द्रमा प्रवेश गर्नेहरुले समेत पार्टीभित्र वैचारिक र सैद्धान्तिक पक्ष समाप्त हुँदै गएको र अराजकता मौलाउँदै गएकोले पार्टी छोडनु परेको अभिव्यक्ति दिँदै आएका छन् । यो स्थिति साँच्चिकै अहिले पनि निरन्तरता पाएको छ भने यसले विप्लवको नेतृत्वलाई नै संकटमा पार्न सक्छ । खासगरी प्रकाण्डको गिरफ्तारी र ओली(सुदर्शन)लगायतका नेताहरुको सक्रियतासँगै पार्टीभित्रै नयाँ समीकरणले जन्म लिने स्थिति सामान्य नै हो । विगतमा माओवादी जनयुद्ध पालामा समेत करिब करिब यस्तै प्रकृतिका अवस्थाहरू देखिँदै आएका हुन । ‘कम्युनिष्ट पार्टीभित्र’ अन्तरविरोध चुलिएमा त्यसको ठूलो फाइदा सत्तापक्षले लिन्छ । विगतमा माओवादी आन्दोलन रक्षात्मक हुनुमा समेत यही अन्तरविरोध नै प्रधान थियो भन्ने कुरा स्थापित भएसकेको छ । विप्लवका लागि अहिलेको राज्यसत्ता प्रधान अन्तरविरोधी छ । यसको अर्थ उनीहरुकै भाषामा सत्तासँग लड्नका लागि आत्मगत परिस्थिति मजबूत हुनुपर्छ । तर उनीहरूभित्र चुलिएको अन्तरविरोधले उनीहरुको आत्मगत पक्ष कमजोर हुनु र सत्ताले बढी पेल्दै जाने अवस्था झनै बढ्न सक्छ । सरकारका पछिल्ला गतिविधि हेर्दा विप्लवमाथि बढी कडाई गरेको देखिन्छ । र, भविष्यमा एकपछि अर्को गर्दै पेल्दै जाने अवस्था र संगठितरुपमा त्यसको प्रतिरोध गर्नुपर्ने क्षणमा आफूभित्रकै अन्तरविरोधले थिचिनुपर्दा विप्लव नेतृत्वको पार्टी संकटमा पर्ने देखिएको हो । विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो चुनौती अस्पष्ट कार्यदिशा नै हो । उनीहरूले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेका छन् । तर आम जनतामाझ यो कार्यदिशा नै के हो र यसका कार्यनीतिक र रणनीतिक चरण के हुन भन्ने कुरा स्पष्ट देखिँदैन । विप्लव छोडेर अन्य पार्टीमा गएकाहरुले समेत यो कुरा स्पष्टरुपमा भन्न सक्दैनन् । उनीहरुले कतिपय अवस्थामा जनसरोकारका तत्कालीन मुद्दामा संघर्ष गरेपनि संघर्षको चरित्र के ? एकीकृत क्रान्तिको संगठनात्मक र संघर्षका चरणहरु के कस्ता भन्ने कुरा बुझ्न गारो नै पर्ने अवस्था छ । यसले माओवादप्रति प्रतिबद्ध पूर्व माओवादी कित्ताबाहेक नयाँ तप्कामा विप्लवले पूर्ववत माओवादीले जस्तो संगठन विस्तार गर्ने सम्भावना समेत कम देखिन्छ । एकातिर सत्ताले पेल्दै जानु, अर्कोतर्फ विप्लवले कार्यक्रम दिन नसक्नु र आन्तरिकरुपमा अन्तरविरोध चुलिएर क्षयीकरण हुँदै जाने अवस्था पार्टीका सामु देखिन्छ । पछिल्लो समयमा पार्टीमा लामो समयदेखि क्रियाशील नेताहरुलाई कार्वाहीपछि विप्लव पार्टीभित्रको यो अन्तरविरोध कसरी चुलिएर जान्छ, त्यो हेर्न भने बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies