Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

न्याय माग्दा बन्दुकको नाल : प्रहरी रिपोर्टमा 'बलात्कार' लेखिएन

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष प्रतिनिधिको रोहवरमा कागज गराएर प्रहरीले निर्मलाको सद्गत गर्न खोजेको थियो । यिनै महिलाले यसमा कुनै राजनीतिक निर्णय हुन नसक्ने भन्दै पुरुषहरूको सहमतिविरुद्ध आन्दोलन सुरु गरेपछि त्यस दिन शव जलाउन रोकिएको थियो । आन्दोलनको केन्द्रमा थिइन् ३२ वर्षीया लक्ष्मी मल्ल । पुरुषहरूले गरेको कागजमा निर्मलाको हत्या भएको मात्र लेखिएको थियो, उसले उनलाई साह्रै बिझायो । निर्मलाका आमाबुबासहित काठमाडौं आएकी महिला अधिकारकर्मी लक्ष्मी मल्ल ‘योनीबाट रगतसमेत बगेकाले बलात्कार पनि लेख्नुपर्ने माग हाम्रो थियो, तर तीनमध्येका एक प्रतिनिधिले डाक्टरको रिपोर्ट नआई लेख्न मिल्दैन भने,’ लक्ष्मी भन्छिन्, ‘त्यसो हो भने हत्याचाहिँ डाक्टरको रिपोर्ट नआई कसरी लेख्न मिल्छ भनेर म कराएँ । निर्मलाले आत्महत्या पनि त गरेको हुन सक्छ नि भनें ।’ कागजमा बलात्कार छुटाउने निर्णयले महिला मात्रै होइन, युवा पनि तातेपछि प्रहरीले निर्मलाको शव उठाउन सकेन । यसरी शव जलाउने निर्णय बिथोलिएकामा प्रहरी निकै क्रुद्ध भयो ।‘त्यसपछि हामीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार भयो, यति हुँदा पनि मैले भाइहरूलाई आवेशमा नआउन सम्झाइरहेकी थिएँ,’ लक्ष्मी भन्छिन्, ‘यसलाई पठायो भने सबै शान्त हुन्छ भनेर एक प्रहरीले मलाई त्यहाँबाट जबरजस्ती हटाउन खोजे । तर, म साँझ नपरी निस्किनँ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: