Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कन्टेनरभित्रबाट तातोपानीवासीको प्रश्न : <br>कहाँ छन् सभासद माेहनबहादुर ?

ठूलठूला गाडी । बाहिरबाट हेर्दा ट्रकजस्ता लाग्ने । भित्र हेर्दा संरचना फरक । चालकदलका निम्ति अगाडिपट्टि छुट्टै क्याबिन । पछाडिपट्टिको मूल भाग पूरै खाली । दायाँबायाँ र माथिपट्टि च्यासिस र बडीले पूरै मोडिएका । पछाडिपट्टिका ढोका ह्वाङ्गै खुला । ‘मालबाहक कन्टेनर’ भनिने यी गाडीलाई सधैं भ्याईनभ्याई हुन्थ्यो तातोपानीदेखि काठमाडौंसम्म सामान ओसार्न । पूरै बदलिदिएको छ मालबाहक कन्टेनरको भूमिकालाई वैशाख २९ को दोस्रो भूकम्पले । भूकम्पले बेघरबार बनाइदिएका तातोपानीवासीका निम्ति ‘घर’ बन्न पुगेका छन् यतिबेला यी कन्टेनरहरु । राजधानीको थलीस्थित कान्तिभैरव माध्यमिक विद्यालय अगाडि रहेको ठूलो चौरमा ‘घर’ बनाइरहेका छन् यस्ता ११ वटा कन्टेनर र अरु ३ वटा स–साना गाडीलाई तातोपानीवासीले यतिबेला । [caption id=\"attachment_20670\" align=\"alignleft\" width=\"371\"]\"IMG_5499\" संयोजक कार्साङ र सहसंयोजक दावा[/caption] वैशाख १२ को महाभूकम्पले थिलथिलो पारेको तातोपानी बजारलाई २९ गतेको भूकम्पले पूरै पहिरोमा बदलिदिएपछि त्यहाँबाट विस्थापित ४७ परिवार जेठ १ गते राति तिनै कन्टेनरमा चढेर राजधानीस्थित थलीको खुला चौरमा आए । परिवारका सबै एउटै कन्टेनरमा चढ्दा बीचबाटोमै पहिरोले पुरिएर पूरै परिवार सखाप होला भन्ने त्रासका कारण बाँडिएर भिन्नाभिन्नै कन्टेनर चढी राजधानी आएकाे बताउँछन् उनीहरु । बालबालिका, वृद्धवृद्धा, सुत्केरी र गर्भवतीलाई प्राथमिकतापूर्वक कन्टेनरभित्र बस्ने व्यवस्था मिलाएर उनीहरुमध्ये आजा जसो चउरमै पाल हालेर दिनरात गुजारिरहेका छन् । ४७ परिवारका १ सय ९० नागरिक तातोपानी– ४, नयाँवस्तीबाट विस्थापित भई थली चौरमा आइपुगेका छन् । यीमध्ये ४ जना गर्भवती, ३ जना भर्खरैका सुत्केरी र ११ जना ६० वर्ष नाघिसकेका वृद्धवृद्धा भएको जानकारी गराए उनीहरुको व्यवस्थापनका निम्ति गठित ७ सदस्यीय कमिटीका सहसंयोजक दावा तामाङले । थली चौरमा आश्रितहरुको सम्पूर्ण तथ्यांक संकलित खाता नै देखाएर सहसंयोजक तामाङले जानकारी दिए– ‘अहिले यहाँ जिरेलका १, पौडेलका १, घलेका १, तिमल्सिनाका १ परिवार र बाँकी सबै तामाङ र शेर्पाका परिवार छन् ।’ विभिन्न दाताले उपलब्ध गराउने राहतको समानतापूर्ण वितरण गर्ने, अशक्त, बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने र सरकारसँग यथासिघ्र पुनर्वासको व्यवस्था गर्न माग गर्ने उद्देश्यका साथ उनीहरुले कार्साङ लामाको संयोजकत्वमा ७ सदस्यीय कमिटी नै गठन गरेका रहेछन् । दावा तामाङ सहसंयोजक रहेको उक्त कमिटीमा पेम्बा तामाङ, कमिनी तामाङ, काली शेर्पिनी, मिङमा शेर्पा र कुमार शेर्पा सदस्य छन् । वैशाख २९ को भूकम्पले तातोपानीको नयाँवस्तीका ३ जना र व्यापार तथा घुमफिरका लागि तातोपानी आएका सयौं अपरिचितको घटनास्थलमै ज्यान लिएको बताउँदै कमिटीका संयोजक कार्साङ लामाले भने–‘तातोपानी क्षेत्रमा खेतीपाती गर्ने जमिन छैन । त्यहाँबाट विस्थापित भई अहिले यहाँ (थलीमा) बसेकामध्ये हामी कोही व्यापारी, कोही कन्टेनर तथा अन्य गाडीका चालक–सहचालक र कोही मजदुर हौं, किसान चाहिँ कोही पनि होइनौं ।’ कहाँ छन् सभासद मोहनबहादुर बस्नेत ? [caption id=\"attachment_20633\" align=\"alignleft\" width=\"268\"]\"Mohan_Bahadur_Basnet\" कांग्रेस सभासद मोहनबहादुर बस्नेत[/caption] आइतबार साँझपख थली चौरमा पुग्नासाथ तातोपानीका विस्थापितहरुले पंक्तिकारसँग प्रश्न गरे– ‘तपाईं त पत्रकार हुनुहुँदो रहेछ, तपाईंलाई पक्कै पनि थाहा होला, भनिदिनोस्– अहिले कहाँ छन् हाम्रा सभासद मोहनबहादुर बस्नेत ?’ ‘यस्तो विपत्तिका बेला अहिलेसम्म भेट्नुभएको छैन र तपाईंहरुले ?’ पंक्तिकारको जिज्ञासामा संयोजक कार्साङ र सहसंयोजक दावाको एउटै स्वर थियो– ‘हाम्रो यत्रो बिल्लिबाठ छ । बासवस्ती पुरिएर पहिरो बनेको यतिका दिन भइसक्यो । भूकम्पलगत्तै ५–६ जना गम्भीर घाइतेलाई निकाल्यौं, न अस्पताल छ न त बनेपा–काठमाडौंसम्म पुर्याउने कुनै सवारी साधन र चालक छन् । यता ल्याए पनि कसले  गरिदिने हामी पीडितको उपचार ! त्यस्तो विपत्तिमा दर्जनौंपटक फोन सम्पर्क गरेर सभासद बस्नेतसँग सहयोग माग्दा उहाँले पटक्कै वास्ता गर्नुभएन । त्यसपछि उद्धार, राहत र पुनर्वासको कुरा त परै जाओस्, आजसम्म हामीलाई भेटेर के–कसो छ भनी सोध्नसम्म आउनुभएको छैन ।’ थलीमा यसरी बाँचिरहेछन् तातोपानी नयाँवस्तीका यी नागरिक \"IMG_5509\"‘के गर्नुभयो त ती घाइतेलाई ?’ पंक्तिकारको जिज्ञासामा सहसंयोजक दावा भन्छन्– ‘म आफैंले चिनिया उद्धार टोलीसँग सम्पर्क राखें । उनीहरुले ती घाइतेलाई तत्काल गाडीको बन्दोवस्त गरी अस्पताल पुर्याए । एउटा ठूलो र दुईटा साना क्याम्प, ४ टन गुणस्तरीय चामल, १ टन मैदा, केक, बिस्कुट, नुडल्स, पर्याप्त मिनरल वाटरलगायतका सामग्री समेत दिएर बाँचेकाको पनि रामै्र उद्धार गर्यो त्यही चिनिया टोलीले ।’ चिनिया नागरिक वाङ याङले व्यक्तिगत रुपमै ३३ बोरा चामल, २ बोरा दाल, ५ बाकस तेललगायतका सामग्री उपलब्ध गराएको उनीहरु बताउँछन् । काठमाडौं, थलीको स्थानीय गौरीशंकर आमा समूहले आफूहरुलाई विशेष सहयोग पुर्याइरहेको उल्लेख गर्दै उनीहरुले उक्त संस्थाप्रति विशेष आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । गौरीशंकर आमा समूहका तर्फबाट मूलतः केशाङ शेर्पा र छिरिङ शेर्पाले ३३ थान पाल, १६ थान म्याट्रेस फोम, ३३ थान झुल, ब्लांकेट, साबुनलगायत कलिला बालबालिकालाई आवश्यक पर्ने विभिन्न सामग्री उपलब्ध गराएका छन् । थलीमा आश्रित यी तातोपानीवासीलाई सिन्धु एकता सेवा समाज ठूलोपाखरले पनि उनीहरुलाई २५ बोरा चामल, ४ बोरा दाल, ५० प्याकेट नुनलगायतका सामग्री उपलब्ध गराएको छ । यस्तै, अर्थ प्याराडाइज ट्रेक एन्ड एक्स्पिडिसनका भीमबहादुर–तुलसादेवी चन्दले पनि सुत्केरी र गर्भवतीका लागि अत्यावश्यक विविध सामग्रीसहित विभिन्न खाद्य सामग्री उपलब्ध गराएका छन् । ‘रेडक्रसले ठग्यो’ आफूहरुलाई राहतका नाममा नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको ५० केजीका २० बोरा चामल खानै नहुनेगरी बिग्रिसकेकाले त्यसलाई प्रयोग नगरिएको उल्लेख गर्दै उनीहरुले भने– ‘यस्तो आपतका बेला राहतका नाममा हामीलाई ठग्यो रेडक्रसले ।’ राज्यसँग आग्रह : पुनर्वास चाहियाे ‘त्यसै पनि निरन्तर पहिरोको जोखिममा रहेको तातोपानी क्षेत्रलाई भूकम्पले पूरै पहिरो बनाइदिएको छ । ठूलो भूकम्प आएयता लगातार तातोपानीको नयाँवस्ती क्षेत्रमा ठूलठूला ढुंगासहितको पहिरो झरिरहेको छ’, थलीमा आश्रित उनीहरुको राज्यसँग माग छ– ‘राज्यले वास पाउने आधारभूत अधिकारबाट हामीलाई वञ्चित नगरोस्, सकेसम्म छिटो उचित तरिकाले पुनर्वासको व्यवस्था गरियोस् ।’ \"IMG_5500\" \"IMG_5501\" \"IMG_5502\" \"IMG_5503\" \"IMG_5504\" \"IMG_5507\" \"IMG_5508\"  \"IMG_5510\" \"IMG_5511\" \"IMG_5512\" \"IMG_5513\" \"IMG_5515\" \"IMG_5516\" \"IMG_5518\" \"IMG_5519\" \"IMG_5517\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies