Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मोटरसाइलकल चोरेर १० हजारमा बिक्री गर्ने ६ जना पक्राउ

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार टीकापुर क्षेत्रबाट चोरी भएका ६ वटा मोटरसाइकलसहित चोरीमा संलग्न दुईजना र चोरीका मोटरसाइकल किन्ने थप चारसहित ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको हो । बर्दगोरिया गाउँपालिका-४ बाट मङ्गलबार उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलनमार्फत बरामद मोटसाइकल चोरी गर्ने र मोटरसाइकल किन्ने गिरोहलाई सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा प्रनाउ सिंहले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा भजनी नगरपालिका-८ खैलाड्का १९ वर्षीय सागर चौधरी, बर्दगोरिया गाउँपालिका-४ नौनियाँका १८ वर्षीय रोहित चौधरी, चोरीका मोटरसाइकल खरिदमा संलग्न भएको आरोपमा नौनियाँकै २१ वर्षीय रमेश चौधरी, २३ वर्षीय साहिल चौधरी, २५ वर्षीय सरोज चौधरी र २८ वर्षीय ताराराज थारूलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिए । टीकापुर क्षेत्रबाट मोटरसाइकल चोरेर सागर र रोहितले गाउँ र कमैया शिविरमा रु १० देखि १५ हजारमा मोटरसाइकल बेच्ने गरेको प्रहरीले जनाएको छ । सागर टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय टीकापुरमा कक्षा ११ र रोहित टीकापुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । प्रहरीले उनीहरूबाट जोशीपुर गाउँपालिका-४ का जयराज चौधरीको से४प ४४६१, जानकी गाउँपालिका-८ का धनसिंह चौधरीको से६प १९०४, इलाका प्रशासन कार्यालय टीकापुरका नायब सुब्बा भानुभक्त जोशीको से१प ५ ४८९०, विष्ट आयल स्टोर टीकापुरमा कार्यरत चन्द्रबहादुर चौधरीको से५प ३९७३ र टीकापुर नगरपालिका-१ ब्लक नं ३० का योगेन्द्र बमको से५प १८२४ र अर्को नम्बर नखुलेको मोटसाइकलसमेत बरामद गरेको छ । उनीहरूलाई बुधबार मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत कैलालीमा लगिएको जनाइएको छ । टीकापुर प्रहरीले विभिन्न स्थानबाट १४ मोटरसाइकल चोरी भएका मध्ये ११ मोटरसाइकल बरामद गरेको छ भने थप तीन मोटरसाइकलका विषयमा अनुसन्धान र खोजी कार्य जारी रहेको जनाएको छ । -रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies