Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

मन्त्री मगर भन्छिन्-नेपालको पानी विदेशमा बेच्न अध्ययन सुरु भइसक्यो

झापा । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले नेपालका हिमतालमा रहेको पानी अन्तर्रा्ष्ट्रिय बजारमा पुर्‍याएर बिक्री गर्ने बताएकी छन् । नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्रा्ष्ट्रिय व्यापारको सम्भावनाबारे अध्ययन सुरु गरिसकेको समेत बताएकि छिन् । खानेपानी आधारभूत आवश्यकता भए पनि अघिल्ला सरकारले खानेपानीलाई प्राथमिकतामा नराखेकाले नेपालीले खानेपानीका लागि थुप्रै कठिनाइ भोग्नु परिरहेको बताएकी छिन् । मुलुक जलस्रोतमा विश्वको दोस्रो धनी देश भएपनि नेपाली खानेपानीकै लागि ठूलो संर्घष गर्नु परिरहेको बताइन् । शुक्रबार झापाको बिर्तामोडस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पानी प्रशोधन प्रणाली उद्घाटन गर्दै मन्त्री मगरले नेपाली महिलाहरु खानेपानीको लागि घण्टौँसम्म हिडेर मुहानसम्म पुग्नुपरेको स्मरण गरिन् । सहज रुपमा जमिनबाट पानी निकाल्न सकिने क्षेत्रहरुको पानी पिउन योग्य नरहेको बताउँदै मन्त्री मगरले खानेपानी मन्त्रालय व्यवस्थित योजनासहित अघि बढेको बताइन् । ‘हामीले डिभिजन कार्यालयबाट देशैभरको खानेपानीको वास्तविक अवस्थाबारे तथ्यांक संकलन गरेका छौँ,’ मन्त्री मगरले भनिन्, ‘सोही तथ्यांकमा आधारित कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा छौँ, संकलित तथ्यांक हेर्दा त्यसको स्वरुप भयावह देखियो ।’ सरकारले तीन वर्षभित्र आधारभूत पानीको पहुँचको सुनिश्चितता गर्ने ग्यारेन्टी गरेको बताउदै उनले नेपालीहरु बिना प्रशोधनको पानी पिउन बाध्य रहेको बताइन् । सरकारसँग एक घर एक धाराको नीति भए पनि कार्यन्वयनमा निकै कठिन रहेको उनले बताइन् । मन्त्री मगरले कृषिमा सरकारले किसानलाई सहुलियत दिए जस्तै खानेपानीमा पनि नागरिकलाई विशेष सहुलियत दिनुपर्ने बताउदै आफूले उक्त एजेण्डा मन्त्रिपरिषदमा लाने बताइन । खानेपानीको आवश्यकता पूरा गर्न नेपालीले चर्को महसुल तिर्नु परिरहेकोप्रति उनले चिन्ता व्यक्त गरेकिछिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE