Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अब घरमै बसी-बसी नगरपालिकाको सेवा सुविधाबारे जानकारी पाइने

चितवन। रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्/ छैनन् भन्नेबारे पनि घरबाटै जानकारी पाउनका साथै उनीहरू कार्यालय आएपछि सेवाग्राहीले चाहेमा आफ्नो मोबाइलमा कार्यालयमा आएको सूचना समेत पाउनेछन् । नगरपालिकाकाले मोबाइल एप्स तयार पारेर आज सार्वजनिक गरेसँगै नगरवासीले यो सुविधा पाउने भएका हुन् । नगरपालिकाले तयार पारेको ‘रत्ननगर म्युनिसिपिलिटी’ नामक मोबाइल एप्स डनलोड गरेपछि उक्त एप्समार्फत नगरपालिकाको सम्पूर्ण विवरण घरमै बसीबसी हेर्न मिल्ने भएको हो । नगरपालिकाका प्रमुख नारायण वन नगरपालिकालाई प्रविधिमैत्री बनाउँदै लगेको जानकारी दिँदै भन्छन्, “हामीलाई खबरदारी गर्न पनि यो प्रविधि विकास गरिएको हो ।” प्रविधिलाई सिर्जनात्मक रूपमा लिइनुपर्ने चर्चा गर्दै उनले भने, “राम्रा कामको प्रशंसा र गल्ती भएका कुरा सुधार गर्न सकारात्मक सुझावको अपेक्षा गर्दछौँ ।” नगरपालिकाले विकास गरेको एप्समा नगरपालिकाको संक्षिप्त विवरण, सम्पूर्ण वडाको नक्सा तथा स्थान, कर्मचारीको विवरण, सार्वजनिक यातायात र एम्बुलेन्स पत्ता लगाउन सकिने सुविधा छ । यसैगरी विकास निर्माण र नगरपालिकाका समस्या तथा गुनासो फोटो र भिडियोसहित उजुरी गर्न सकिने सुविधा पनि एप्समा छ । आफ्नो कोड नं राखी डिजिटल नक्सापासको फाइल कहाँ पुगेको छ भन्ने जानकारी लिन सकिने भएको छ । निकट भविष्यमा नै एप्समार्फत नै अनलाइन कर तिर्ने सुविधा पनि विकास गर्न लागिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत रवि तिवारी बताउछन् । नगरपालिकाले नगरसभामार्फत रु ४६ लाख बजेट विनियोजन गरेर सूचना प्रविधिका आधुनिक सेवाको प्रयोगलाई व्यापक बनाएकोे हो । नगर प्रमुख वन नगरपालिकालाई कागजरहित बनाउने कामको शुरुवात गरिएको बताउछन् । उनका अनुसार सम्पूर्ण वडा कार्यालयलाई दैनिक इमेलमार्फत पत्राचार गर्न थालिएको छ । सबै वडामा उच्चगतिको फाइबर इन्टरनेट र भिल्यान प्रविधिमार्फत नगरपालिकामा जोड्ने काम अन्तिम चरणमा पुगेकाले सबै वडाबाट कर सङ्कलन गर्न सकिने भएको छ । नगरपालिकामा नक्सापास, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षालाई अनलाइनमार्फत दर्ता गर्न शुरु गरिएको र सेवाग्राहीको कामलाई सहज बनाउन सर्भिस नेटवर्किङ पनि गरिएको छ । त्यसैगरी नगरपालिकाले सार्वजनिक यातायात र एम्बुलेन्सलाई जिपिएस प्रविधिमार्फत जोड्नने प्रविधि विकास गरेको छ । छिट्टै नै यो सेवा नियमित गर्ने नगर प्रमुख वन बताउछन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुङ्गाना ठेक्कापट्टालाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन सेवा शुरु गरिएको र नागरिक वडापत्रलाई डिजिटल गरिएको जानकारी दिन्छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies