Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौँ। उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष आज संशोधन प्रस्तावको मस्यौदा पेश गरेको हो । संशोधन प्रस्ताव मस्यौदा तयारी समितिका संयोजक एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा रामप्रसाद खतिवडाले उपकुलपति प्रा डा खनियासमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गरे । समितिमा जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा टेकनाथ ढकाल, भूगर्भशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा लालुप्रसाद पौडेल, अङ्ग्रेजी केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा अम्मराज जोशी, पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक राजेन्द्रकुमार पौडेल एवं खुला तथा दूरशिक्षा केन्द्रका सहप्राध्यापक गङ्गाराम गौतम थिए । यसैगरी त्रिभुवन विश्वविद्यालय स्रोत साधन परिचालन र व्यवस्थापन अध्ययन प्रतिवेदनसमेत त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष पेश गरिएको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको संयोजकत्वमा गठित समितिले विश्वविद्यालयभित्रको विभिन्न आर्थिक, भौतिक एवं जग्गा जमीनसमेतको वर्तमान अवस्था र त्यसको उपयोगको अवस्थाबारेमा अध्ययन गरी उक्त प्रतिवेदन तयार पारेको हो । स्रोत साधन परिचालन र व्यवस्थापन अध्ययन समितिमा प्रा डा ओम शर्मा, प्रा डा रामचन्द्र ढकाल, प्रा डा रामप्रसाद ज्ञवाली, प्रा डा ऋदिशकुमार पोखरेल, डा शिवराज अधिकारी, डा उदयकिशोर तिवारी, डा शेरजङ्ग खड्का र कुमारप्रसाद हुमागाईं सदस्य थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending