Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘बोल्न सक्दिनँ, आँसु मात्रै आउँछ’

काठमाडौं, उनी स्टेजमा पुग्दै गर्दा आँखा राता बनिसकेका थिए । संबोधन गर्न खोज्दै थिइन् तर शब्दहरु एकाएक रोकिए । आँखाको डिलबाट आँसुका ढिक्काहरु झर्न थाले । ‘म बोल्न सक्दिनँ । बोल्न खाज्दा आँसु मात्रै आउँछ ।’ थर्थराउँदो स्वरमा उनको यति वाक्य फुट्यो । दलित एकता सञ्जाल नेपालले उनलाई सहयोग रकम प्रदान गर्नको लागि राजधानीमा एक कार्यक्रममा बोलाएको थियो । सोहि कार्यक्रममा आफ्नो समस्या सुनाउन पुगेकी बाग्लुङकी रुपा वि.क. बोल्नै सकिनन् । आफ्नी १८ वर्षीया छोरी देवी वि.क.को ८ वर्ष देखि मृगौलाले काम नगर्ने भएपछि उनी भौंतारिइन् । आफूसँग भएको दुई मृगौलामध्ये एक मृगौला छोरीलाई दान गर्दा समेत ८ लाख रुपैयाँ लाग्ने भयो । माइतीले बिहेमा दिएको सुन, पतिको नाममा भएको जायजेथा बेचेर आएका पैसाले छोरीको मृगौला उपचारको क्रममा औषधि किन्न पनि पुगेन । चर्को ब्याजमा स्थायी घर र जग्गा धितो राखेरै बाग्लुङमै  ऋण खोजिन् । लिएको केहि लाख ऋण पनि काठमाडौं आउजाउमै सकियो । राजधानीकै शेषमतीमा सानो कोठामा आमाछोरी बस्न र खान पनि धौधौ । यस्तै दैनिकीकै बीचमा  राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा  छोरीको मृगौला डायलाइसिस् गर्ने कसरी ? ‘आठ महिना भयो छोरीको उपचारको लागि काठमाडौं आ’को सबै सकियो तर छोरीको उपचार भएनँ ।’ भावुक हुँदै रुपाले खबरडबलीसँग वाक्य फोरिन् । [caption id=\"attachment_20456\" align=\"alignleft\" width=\"300\"]\"devi\" मृगौला रोगी देवी वि.क.[/caption] देवीको बाबा बाग्लुङमै छन् । खेतीपाती धान्नु पर्छ नत्र हातमुख जोड्न सकिन्नँ ।  राजधानीमा रुपालाई साथ दिने कोही छैनन् । पाँच जनाको सन्तान बाग्लुङकै घरमा छन् । देवीले पढाइ छाडेको वर्ष भयो । गाउँमै कक्षा ८ मा पढ्दा पढ्दै उनको स्वास्थ्यमा समस्या देखिएपछि उनी विभिन्न ठाउँमा उपचारको लागि धाइन् । गाउँकाहरुले ‘बीर अस्पतालमा उपचार गर, ठिक हुन्छ’ भने उनी त्यतै गइन् । त्यहाँ डाक्टरले कलेजो भित्र समस्या छ भनेपछि उनलाई पिर लाग्यो । त्यो उपचारपछि निको भएपछि उनले छोरीलाई गाउँमै लगिन् घरमै स्याहार्दै थिइन् । छोरी डुल्न थालिन् । घुम्न थालिन् । तर मृगौला बिग्रेको छ भन्ने हेक्कै भएन । छोरीलाई साह्रै भएपछि ७ महिना अघि राजधानी ल्याइन् । फेरि चेक गराइन् । डाक्टरले मृगौला बिग्रेको संकेत गरे । खाटो बसिसकेको उनको मुटुको घाउ पुनः बल्झियो । डाक्टरले दुवै मृगौलाले काम नगर्ने भएकाले फेर्न सुझाव दियो । एउटा आफूसँग भएको मृगौला दिन तयार भइन् । उनले मृगौला दिँदा छोरीको जीवन बाँच्थ्यो । राष्ट्रिय मृगौला उपचार केन्द्रमा मात्रै ८ लाख रुपैयाँ सकियो । अझै ८ लाख लाग्छ भनेपछि उनी पिरोलिन थालिन् । [caption id=\"attachment_20457\" align=\"alignnone\" width=\"640\"]\"devi सहयाेग रकम हस्तान्तरण गर्दै संजालकी सरू सुनार[/caption]   ‘अहिलेसम्म एक पैसा कतैबाट सहयोग लिएको छैन ।’ दलित सञ्जालले दिएको रकम पाएपछि खुसीले आँसु झार्दै उनले भनिन् – ‘सहयोग पनि पाउँछु र ? जस्तो लागेको थियो तर पाएँ ।’ दलित एकता सञ्जालले उनको छोरीको मृगौला उपचार गराउनको लगि १ लाख १ हजार १ सय ५२ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ । ‘कसैले नदेख्ने पीडामा रहेकी रुपालाई सहयोग गर्न पाउँदा निकै भावुक बनाएको छ ।’ कार्यक्रममा दलित एकता सञ्जालकी सक्रिय अभियन्ता सरु सुनारले भनिन् – ‘यस्तो बेला सहयोगको खाँचो छ, यस्तो पीडामा धेरै बोल्न सकिनँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies