Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्छः मन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्ने बताएका छन् । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभाको आज काभ्रेपलाञ्चोकको बनेपामा उद्घाटन गर्दै उनले भने, “देश निर्माण गर्ने सरकारको सङ्कल्पलाई पूरा गर्न समाजका सबै वर्ग सक्रिय रुपमा लाग्नुपर्दछ ।” मन्त्री बाँस्कोटाले राष्ट्रले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सहकारी क्षेत्र एउटा महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै “पूँजी निर्माण नगरेसम्म दान, अनुदान वा ऋणले मुलुक बन्दैन, त्यसैले सहकारीेले पूँजी निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्दछ भने ।” “देश निर्माण गर्न प्रभावकारी योजना तथा पूँजी र प्रविधिको आवश्यकता पर्छ”, उनले भने, “राष्ट्रिय पूँजी निर्माणमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्छ ।” मन्त्री बाँस्कोटाले पशुपतिको भेटी व्यवस्थापन गर्न नसक्दा अर्कासित हात थापेर धर्माशाला बनाउनुपरेको अवस्था रहेको उल्लेख गर्दै प्रत्येक नेपाली सुखी नभए मुलुक समृद्ध हुन नसक्ने र यसका लागि राष्ट्रिय पूँजी परिचालन आवश्यक रहेकोमा जोड दिए । सहकारीले चर्को व्याजदर लिएको भए त्यसलाई सच्याउन आग्रह गर्दै उनले उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गरी समृद्ध मुलुक निर्माणमा सहयोग गर्न सहकारीकर्मीलाई आग्रह गरे । मन्त्री बाँस्कोटाले समाजिक न्याय र समतामूलक समाज निर्माणका लागि आर्थिक रुपान्तरणले मात्रै हुँदैन् भन्दै यसका लागि समाजिक र सांस्कृतिक रुपान्तरण पनि जरुरी भएकाले यसतर्फ सहकारी क्षेत्रले प्रभावकारी भूमिका खेल्न सक्नुपर्दछ भने । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज केसीले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यका लागि समृद्धि अभियान सञ्चालन गर्ने बताउँदै संस्थालाई भविष्यमा सूचना प्रविधिमैत्री बनाउँदै लैजानले धारणा व्यक्त गरे । रु एक करोड ८६ लाख तीन हजार ७०० शेयर पूँजी रहेको सो संस्थाको कूल निक्षेप रु १४ करोड ७२ लाख १२ हजार ९७१ छ । उक्त संस्थामा बाल बचत, संस्थागत र शेयर सदस्य गरी चार हजार ५०० सदस्य रहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending